इलाम १ मा पूर्ण मतगणना र केही बुथमा पुन मतदानको माग गर्दै झलनाथले सर्वोच्चमा हाले रिट

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले इलाम क्षेत्र १ मा पूर्ण मतगणना र केही बुथमा पुन मतदान हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले निर्वाचनमा धाँधली गरी आफूलाई हराएको आरोप लगाउँदै मंगलवार रिट दायर गरेका हुन्। इलाम १ मा खनाल एमालेका महेश बस्नेतसँग…

सम्बन्धित सामग्री

इलाम- २ मा फेरि मतगणना सुरू

इलाम क्षेत्र नम्बर २ मा फेरि मतगणना सुरू भएको छ।  शनिबार दिउँसो हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गरेपछि सो क्षेत्रको मतगणना स्थगन गरिएको थियो । अहिले फेरि राति सवा ९ बजे सिटी हल इलाममा मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।एउटा मतदान केन्द्रको मतगणना बाँकी रहँदा कांग्रेस कार्यकर्ता मतपत्रका विषयमा विवाद निकालेका थिए ।  यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ १५० मतले अगाडि छन् । नेम्वाङले २९ हजार १ सय ३५ मत पाएका छन् भने उनका निकट प

इलाम २ मा राेकियो मतगणना, गठबन्धनको नाराबाजी

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्। सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

इलाम-२ को मतगणना स्थगित

काठमाडौं– निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।  अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र […]

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

इलाम २ को मत गणना राकिएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएका निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  इलाम नगरपालिकाका– १ को मतगणना बाँकी...

इलाम-१ मा अवरुद्ध मतगणना सुरु, झलनाथको मत कति?

इलाम, मंसिर ९ । इलाम क्षेत्र नम्बर १ को स्थगित मतगणना गएराति पुनः सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रातिदेखि बिहानसम्म समानुपातिकतर्फको गणना भएको छ भने अहिले बिहानदेखि प्रत्यक्षतर्फको गणना सुरु भएको छ। प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न […]

इलाम- १ को मतगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौँ – इलाम क्षेत्र नं १ को मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबार बिहान सर्बदलिय बैठक बसेर बिहान १० बजेबाट मतगणना पुन सुरु गर्ने भनिएको भए पनि प्राविधिक त्रुटिका कारण अनिश्चित कालका लागि स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगको ‍त्रुटीका कारणले निर्वाचन आयोगको आधिकारिक डाटा अनुसार प्रतिनिधिसभातर्फ खसेको मतमा ४३७ मत […]

इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकियाे

इलाम - इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकिएको छ । मतपेटिकाको सिलको विषयमा विवाद भएपछि गएराति १२ बजेदेखि गणना रोकिएको हो । मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । ‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौँ, रुजु गराएका हौँ तर मतपेटिका खोलिसकेपछि प्रदेश सभाका एक उम्मेदवार आएर यो रुजु विना नै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भन्नुभयो ‘त्यसपछि वातावरण केही खलबलिँ...

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को मतगणना अवरुद्ध

एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।

सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेको इलाम २ मा मतगणना सुरु

इलाम  – नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी रहेको इलाम नम्बर २ मा मतगणना सुरु भएको छ । इलामको सदरमुकामस्थित सिटी हलमा  दिउँसोको १ बजेर ४५ मिनेटदेखि मतगणना सुरु भएको हो ।  प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको र यही क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना एकै पटक सुरु गरिएको छ । इलामको प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकोमा ६९ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ...

इलाम क्षेत्र नं. २ को मतगणना सुरु

५ मंसिर, इलाम । इलाममा मतगणना सुरु भएको छ । इलाम क्षेत्र नं. २ को इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को ‘ख’ बाट मतगणना थालिएको छ । जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फुयालका अनुसार इलाम २ मा १ लाख ९ हजार ५३५ मतदाता रहेकोमा ५९ […]