काठमाडौँ। छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसको संक्रमणदर तीव्र गतिमा फैलिइरहेको छ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित थपिएका छन्।
थपिएका संक्रमित अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो।