एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि, आर्मी पराजित

२६ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ । सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । एपीएफलाई जिताउन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : यस्तो छ आर्मीको टिम

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले विनोद भण्डारीको कप्तानी टोली घोषणा गरेको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित केही खेलाडीले टोली छाडेपछि आर्मीको टिम फेरिएको छ । रोहित अर्को विभागीय टोली एपीएफ गएका छन् भने विकेटकिपर अर्जुन साउद नेपाल पुलिस क्लबमा पुगेका छन् । सुशन भारी […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा […]

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मीले समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो।खेलमा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो।जवाफमा कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँद

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४७.4 ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो। जवाफमा गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै […]

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो । मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलमध्ये हार्मीले दुईमा जीत हासिल गरेको हो । आर्मीले यसअघि कर्णाली […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधि उचाल्ने आर्मी र एपीएफको दाबी

शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन्

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन्