विश्व अर्थतन्त्र खस्कने प्रक्षेपण

कोभिड–१९   को   नयाँ   भेरियन्ट ओमिक्रोनले   विश्वलाई   आक्रान्त बनाउन  थालेपछि  विश्व  अर्थतन्त्र अपेक्षितभन्दा  अझ  कमजोर  हुने प्रक्षेपण गर्न थालिएको छ । अन्तर्राष्ट्रिय   मुद्रा   कोषले मङ्गलबार    सार्वजनिक    गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा देशभित्रको आवतजावतमा  प्रतिबन्ध  लागेको, ऊर्जाको   मूल्य   बढेको,   आपूर्ति शृङ्खलामा    अवरोध    सिर्जना भएकाले विश्वको ...

सम्बन्धित सामग्री

मौद्रिक नीति: सन् २०२३ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने अनुमान

काठमाडौं,७ साउन । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२३ मा विश्वको अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति अनुसार अन्तराष्ट्रिय मुद्रा कोषले उक्त प्रक्षेपण गरेको जनाएको छ ।आज विहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो । […]

प्रतिस्पर्धीहरूलाई उछिन्दै उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे।प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरूलाई उत्साहित बनायो। उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पुर्‍याए। अहि

राजस्वजति कर्मचारी पाल्न ठिक्क छ, यसलाई सन्तुलनमा ल्याउनैपर्छ

नेपालमा अर्थतन्त्रको विश्वव्यापी खबर पाउने स्रोत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतले प्रकाशित गर्ने प्रतिवेदनहरु हुन् । एक साताअघि मात्र विश्व बैंकले विश्वको अर्थतन्त्रबारे प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्र अपेक्षा गरेभन्दा कम हुने देखिएको छ । सन् २००८ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि विश्व अर्थतन्त्र अर्को पटक घट्न लागेको हो […]

सम्भावित विश्व मन्दी र नेपालले चाल्नुपर्ने कदम

हालै अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२२ को विश्वव्यापी आर्थिक परिदृश्य ‘ग्लोबल इकोनोमिक आउटलुक, २०२२’ प्रकाशनमा ल्याएको छ । यसले निकट भविष्यमै विश्व अर्थतन्त्रको एकतिहाइ भाग मन्दीतर्फ धकेलिन सक्ने प्रक्षेपण गरेको छ । कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखिनु ठूलो चुनौतीको विषय हुन गएको छ । यो प्रक्षेपण विकसित देशहरूका लागि मात्र नभएर […]

कता जाला विश्व अर्थतन्त्र ?

विश्वमा देखिएको विस्तारले आगामी वर्षहरूमा संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मको आर्थिक विकासको लक्ष्यअनुसारको विवरण हासिल हुने सम्भावना भने कमजोर रहेको बताइएको छ । कोभिड–१९ को प्रभाव सन् १९३० र सन् २००८/०९ को विश्व आर्थिक संकटभन्दा पनि ठूलो रहने प्रक्षेपण गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रास्फीतिले पनि सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ३ प्रतिशतमा खुम्चिने आकलन […]

नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको  तुलनामा  झिनो  सुधार  हो  ।  अप्रिलमा  आईएमएफले  नेपाल

विश्व अर्थतन्त्र थप खस्कने प्रक्षेपण

सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र आउँदो वर्ष थप संकटबाट गुज्रने देखाएको हो । कोभिड महामारीयता निरन्तर ओरालो रहेको विश्व अर्थतन्त्र युक्रेनमाथि रुसको आक्रमण र त्यसले निम्ताएका संकटहरूबाट थप ग्रसित छ ।

आगामी वर्ष विश्व अर्थतन्त्र झन् खराब हुन सक्छ : अन्तर्राष्ट्रिय मुद्रा कोष

सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र थप संकटग्रस्त अवस्थामा गइरहेको देखाएको हो ।

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश

विश्व अर्थतन्त्र ६ % ले बढ्ने आईएमएफको अनुमान

साउन १३, न्यूयोर्क (अमेरिका) । यस वर्ष विश्व अर्थतन्त्र ६ प्रतिशतले बढ्ने अनुमान अन्तरराष्ट्रिय मुद्रा कोषले गरेको छ । कोरोनाभाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीबाट विश्वको धनी देशहरु विशेषगरी अमेरिकामाथि आउन थालेसँगै विश्वको आर्थिक परिदृश्य सुध्रिएको कोषले बताएको हो । कोरोनाभाइरसको संक्रमण विरोधी खोप लगाउन संघर्षरत गरिब देशहरुको वृद्धि प्रक्षेपण भने कोषले कटौती गरेको छ ।  समग्रमा विश्व अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले बढ्ने बताइएको छ । यो अप्रिलमा गरिएको प्रक्षेपणकै यथावत् हो । गतवर्ष भने महामारीका कारण विश्व अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले खुम्चिएको थियो । प्रक्षेपण साकार भएमा यो विश्व अर्थतन्त्रमा सन् १९८० यताकै उच्च वृद्धि हुने छ ।  यद्यपि खोप कार्यक्रममा देखिएको असमानताका कारण आर्थिक वृद्धिदरमा विषमता देखिएको छ । विकसित अर्थतन्त्र यस र्वा ५ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान छ । अप्रिलमा गरिएको प्रक्षेपणमा यो दर ५ दशमलव १ प्रतिशत रहने बताइएको थियो । उदीयमान बजार र विकाशिल अर्थतन्त्रको वृद्धि प्रक्षेपण यस अघिको तुलनामा शून्य दशमलव ४ प्रतिशतले घटाएर ६ दशमलव ३ प्रतिशतमा झारिएको छ । धनी र गरिब देशहरु बीच खोपमा देखिएको असमानता पुर्न धेरै गर्न जरुरी रहेको कोषकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथले बताइन् ।  महामारी विश्वभरबाटै पराजित नभएसम्म पुनःबहाली सुनिश्चित नहुने उनको भनाइ छ । गरिब देशहरुलाई खोपको १ अर्ब मात्रा उपलब्ध गराउने वाचा तत्कालै पूरा गर्न पनि उनले धनी देशहरुलाई अनुरोध गरेकी छिन् । यस वर्ष अमेरिकी अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो दर अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा शून्यदशमलव ६ प्रतिशत बढी हो ।  सन् २०२१ मा यूरोजोन ४ दशमलव ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । जापानी अर्थतन्त्रमा २ दशमलव ८ प्रतिशतको वृद्धि आउने अनुमान छ । चीनको अर्थतत्र ८ दशमलव  ज्ञप्रतिशत र भारतीय अर्थतन्त्र साढे ९ प्रतिशतले बढ्ने कोषको प्रक्षेपण छ । एजेन्सी