पहिचानवादी शक्तिलाई बाबुरामको साथ, कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने माग

काठमाडौं, २१ माघ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समितिको बैठकले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीलाई आत्मसात गर्नुपर्ने बताएको छ । काठमाडौंमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने निश्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवले वर्षौंदेखि उक्त एजेण्डा उठाउँदै […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबरहरु

काठमाडौं।निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारी गर्दै सर्वदलीय छलफल सुरु गरेको छ।कोशी प्रदेश नामकरणबारे एक वर्षदेखिको विवाद समाधानको लागि सरकार र पहिचानवादी बीच ५ बुँदे सहमति भएको छ।लगानी सम्मेलनमा विश्वबैंकका अध्यक्षसहित ९२ बढी देशका प्रतिनिधि नेपाल आउँने भएका छन्।र सोलुखुम्बुमा यो वर्ष १ हजार १ सय ५९ मेट्रिकटन सुन्तला फलेपछि बजार पाउनै मुस्किल रहेको किसानहरुले गुनासो

कोशी सरकार र पहिचानवादी समूहबीच वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी समूहबीच पहिलो चरणको वार्ता भएको छ । कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ । पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी […]

कोशी प्रदेश : स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

विराटनगर : कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन्।बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन्। उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन्।राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएको बताइन्।पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले दावी

शनिवार बिहानदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोशी प्रदेश सभाको बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचानवादी पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवकाअनुसार निषेधित क्षेत्रमा सर्वसाधारण […]

प्रदेश नामकरण विवाद, प्रदेश सभामा पहिचानवादीसँग प्रदेश सचिवालयमा छलफल

माेरङ – कोशी प्रदेश नामकरणमा असन्तुष्ट पक्षधरले प्रदेश सभाको बैठक यथाशीघ्र राखेर नामकरण पुनः सच्याउन चेतावनी दिएका छन्। आइतबार विराटनगरस्थित प्रदेश सभाको सचिवालयमा सम्पन्न छलफलमा पहिचानवादी समूहले प्रदेश सभाका सभामूख बाबुराम गौतमलाई कोशी प्रदेश नाम खारेजी गर्दै पहिचानसहितको नाम राख्न माग गरेका हुन्। छलफलमा पहिचानवादी समूहले सभामुख गौतमलाई यथाशीघ्र प्रदेश सभाको बैठक राखेर नामकरण सच्याउनका […]

कोशी प्रदेश : पहिचानवादी आन्दोलन चर्किँदै, तानियो दलहरूको ध्यान

विराटनगर : पछिल्लो समय कोशी प्रदेशमा प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै आन्दोलन चर्किँदै गएको छ।अघिल्लो प्रदेशसभाले भूगोल र पहिचानको चेपुवामा छोडेको प्रदेशको नाम पहिचानसहितको हुनुपर्ने माग राख्दै विभिन्न पहिचानवादी संघसंस्था सडक आन्दोलनमा थिए।आन्दोलन र नामको विषयमा दलभित्रैको मतभिन्नता र सडक आन्दोलनले पाँचवर्षे कार्यकालमा पनि नाम सहज ढंगले पाउन सकेको थिएन। पाँचवर्षे कार्यकालमा पनि  प्रदेश सरकारले नाम राख्न नसकेको भन्दै अघिल्लो प्रदेशसभाका सांसद र सरकारले आलोचना बेहोर्दै आउनुपरेको थियो

पहिचानको आन्दोलनमा उत्रिएको जुलुश निषेधित क्षेत्रमा प्रवेश गरेपछि…

५ चैत, विराटनगर । गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी प्रदेश राखिएपछि प्रदेशका असन्तुष्टीको स्वर उच्च छ । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचानवादी दल र संस्थाहरुले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । त्यसैक्रममा समितिले आइतबार विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गर्ने तय भएको थियो […]

कोशी प्रदेश : छापामार  शैलीमा नाम राखिएको भन्दै धनकुटामा विरोध

विराटनगर :  छापामार शैलीमा प्रदेशको नाम कोशी प्रदेशको नामकरण गरिएको भन्दै   पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन्।आज (बिहीबार) धनकुटाको चारवटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति  र नेपाल आदिवासी जनजाति महासंघले  विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।पञ्चायतीशैलीमा जबरजस्ती ढंगले  ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक