इम्पेयरमेन्ट चार्ज बढेसँगै फरवार्ड माइक्रोफाइनान्स नोक्सानीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ९ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ६ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा नोक्सानीमा गएको हो । गत वर्ष ८ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ३० करोड ४९ लाख रूपैयाँभन्दा बढी भएको छ । कम्पनी यस अवधिसम्म १० करोड ५१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको छ । २५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बृद्धि गरी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रूपैयाँ पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निङ ६० करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने १ अर्ब १४ करोड रूपैयाँभन्दा बढी कायम छ । पहिलो त्रैमाससम्म ८ अर्ब ४२ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १९ अर्ब १६ करोड १४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ करोड ६६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष २ दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ६ दशमलव २५ प्रतिशत पुगेको छ । ४२ रूपैयाा ६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६५ रूपैयाँ ६८ पैसा छ । रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले बोलायो पुस २७ मा साधारण सभा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते शुक्रबार, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले अन्य लघुवित्त कम्पनीसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सूचना हे्र्न यहाँ क्लिक गर्नुहाेस

फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।यससँगै, कम्पनीले कूल ३० प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिएको छ । कम्पनीको १३१औं सञ्चालक समितिको बैठकबाट गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले ह

२७ वर्ष अघि नै सामान्य मान्छेलाई उद्यमी हुन सिकाएकी थिइन् भगबती चौधरीले

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ । जुन संस्थाको अहिले तीन लाख बढी सदस्य छन् भने ४० जिल्लामा विस्तार भएको छ । फरवार्डसँगै जोडिएर कयौंले भविष्य उजिल्याएका छन् । कतिपय भविष्य बनाउने योजनामा छन् । कुनै बेला एक सय नहुनेहरु अहिले सोही संस्थासँग जोडिएर करोडपति भएका छन्, उद्यम गरेका छन्, समुदायलाई […] The post २७ वर्ष अघि नै सामान्य मान्छेलाई उद्यमी हुन सिकाएकी थिइन् भगबती चौधरीले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा राजवंशी

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजवंशी नियुक्त भएका छन् ।फरवार्ड सञ्चालक समितिको १२५ औं बैठकले आरएमडिसी लघुवित्त वित्तीय संस्थाका पूर्व डेपुटी सीईओ राजवंशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।संस्थाकी अध्यक्ष भगवती चौधरीका अनुसार संस्थाको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो […]

फरवार्ड माइक्रोफाइनान्सको कामु कार्यकारी अधिकृतमा कृष्णप्रसाद भट्टराई नियुक्त

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले कायम

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै

काठमाडौं, १७ माघ । नेप्सेमा आज ५ अर्ब १५ करोड रुपैयाँ बढीको कारोबार हुँदा आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स कम्पनी र विन लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दुई कम्पनीको शेयरमुल्य १० प्रतिशतका दरले बृद्धि भएको नेप्सेको अनुसार आज बुद्धभुमि हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा ९ दशमलव ९९ प्रतिशतले बृद्धि भएको छ भने छ्याङदी हाइड्रोपावर […]

फरवार्ड माइक्रोफाइनान्सले गर्‍यो ४२ % लाभांश घोषणा

मंसिर २२, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।   कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । यो पनि हेर्नुस् : फरवार्ड माइक्रोफाइनान्सको चौथो त्रैमाससम्मको नाफा ५७ करोडभन्दा बढी ६ महीनामा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा २२ करोड ५० लाख फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा ३१.५८ % लाभांश घोषणा

फरवार्ड लघुवित्तको ३ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ३ असार । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामी विक्रि खुल्ला गर्ने भएको छ । संस्थाले आरएमडिसि लघुवित्तको संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामी बिक्रिमा ल्याएको हो । उक्त लिलामी शेयरमा व्यक्ति तथा संघसंस्थाले असार १७ गते ३ बजेसम्म बोलपत्र […]

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २५ प्रतिश बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने […]

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी