‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियो

आगामी जनवरीबाट सञ्चालनमा आउने भनिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले करोडौँ रुपैयाँ घोटला गरेको आरोप चर्चामा आएको छ । परामर्शदाता छनोटदेखि जग्गा अधिग्रहण गर्दा सम्म उनले राज्यमाथि भार थप्दै आफूले करोडौँ रुपैयाँ अनियमितता गरेर आर्जन गरेको दाबी स्रोतल गरेको छ ।जब ठेक्कामा मूल्य सच्याईयो...पोखरा अन्तष्ट्रिय विमानस्थल निर्माणको लागि परामर्श सेवामा उनले अनियमितता गरेका थिए भन्ने दाबी स्रोतले गरेको छ । अनेकौ चलखेल गरेर पोखरा अन्तष्ट्रिय विमानस्थल निर्माण आयोजनाको आयोजना प्रमुख बनेका अधिकारीले त्यतिबेला परामर्श सेवा छनोटमा गोप्य रुपमा आफू अनुकुलको कम्पनीको प्राइस सच्याएर मात्रै प्राइस बिड खोलेका थिए ।‘उहाँले बिड खोल्ने मिति आउन २ दिन बाँकी हुँदै सबै गोप्य कागजात हेरेर आफूले भनेको कम्पनीले कबुल गरेको मूल्य सच्याएर उसैले ठेक्का पाउने प्रवन्ध मिलाउनु भएको थियो’ स्रोतले भन्यो, ‘यसमा करोडौँ रुपैयाँ आर्थिक चलखेल भएको थियो ।’अधिकारीमाथि ‘पीएस फर एडिसनल स्पेसिफिक एक्स्पर्ट्स एज एण्ड ह्वेन रिक्वाइर्ड बाइ इम्प्लोयर’ शीर्षकमा १६ करोड ५० लाख राखेर १९ करोड ५० लाख भने अन्य विभिन्न शीर्षकमा राखेर मोटो रकम हत्याएको आरोप छ ।बाटो नपुगेको ठाउँमा बाटो खनेर जग्गाको मूल्यांकनपोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ७ अर्ब बढीको जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहण गर्दा अधिकारीले आयोजना प्रमुखका रुपमा जग्गा ब्यापारीसँग मिलेर अस्वभाविक रुपमा जग्गाको मूल्यांकन गरी राज्यमाथि करोडौँ रुपैयाँ आर्थिक भार थप्ने काम गरेका थिए ।यतिसम्म की, अधिकारीले जग्गा अधिग्रहणका बेला सडक बाटो नपुगेको ठाएँको जग्गामा समेत बाटो खनेर जग्गाको भाउ बढाएर अधिग्रहण गरेका थिए । त्यसमाथि, एकै चरणमा नभई पटक पटक गरी जग्गा अधिग्रहण हुँदा अचाक्ली भाउ बढाउन अधिकारीले नै मिलेमतोमा प्रोत्साहन गरिदिएका थिए भन्ने आरोप आज पनि लाग्दै आएको छ ।आफ्नै मान्छेलाई ठेक्का दिन डाँडा काट्नुपर्ने बखेडापोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्वतिर २ हेक्टर क्षेत्रफलमा फैलिएको रिठेपानी डाँडा कटान गर्ने तयारी क्यानले गरेको छ । तर, विमानस्थलको निर्माण सकिएको, अन्य पूर्वाधार पनि बनिसकेको, जग्गा अधिग्रहणको काम पनि सकिएको र टेस्ट फ्लाइटको मिति नजिकएकै अवस्थामा अहिले आएर फ्लाइट प्रोसिड्युर डिजाइनमा जहाज अवतरणका लागि डाँडै काट्नुपर्ने भन्ने कुराले सुरुमा गरिएको विमानस्थलको डिजाइनमा नै त्रुटी थियो भन्ने पुष्टि भएको दाबी गर्न थालिएको छ ।‘त्यो डाँडा कटान नगरी जहाज अवतरण हुन सक्दैनन् भन्ने होइन’ स्रोतले भन्यो, ‘तर, इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ले काट्दा बेटर हुन्छ भनेको छ । त्यसैले प्रक्रिया अघि बढेको छ ।’करिब ६ सय प्रजातिका बोटविरुवा भएको उक्त डाँडाको ४० मिटर उचाइ काट्न महानिर्देशक अधिकारीले आफ्नो मान्छेलाई ठेक्का दिने तयारी गरेको दाबी पनि स्रोतले गरेको छ ।यतिसम्म की, अधिकारीले आफ्ना मान्छेको नाममा कटान हुने भनिएको डाँडा क्षेत्रमा जग्गा नै किनेको र अस्वभाविक रुपमा भाउ राखेर मुआब्जा हत्याउने दाउमा रहेको दाबी पनि स्रोतको छ ।

सम्बन्धित सामग्री

नियुक्तिबारे प्रश्न नउठाउन 'डीजी साप'को उर्दी, समाचारको गोलमटोल खण्डन

विवादित नियुक्ति र त्यसपछिको विवादित निर्णयबारे बिजपाटीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबारे निरन्तर समाचार प्रकाशित गरेपछि आइतवार उनले ३ बुँदे खण्डन पठाएका छन् ।विभिन्न मितिमा प्रकाशित भएका समाचारको शीर्षकसहित उनले ती समाचारहरुप्रति टिप्पणी गर्दै पठाएको खण्डनको पहिलो बुँदामै अधिकारीले आफ्नो नियुक्तिको वैधतामाथि प्रश्न नउठाउन भनेका छन् । तर, १२औँ तहका प्रशासनिक दक्षता भएका आधा दर्जन कर्मचारीलाई पन्छाएर ११औँ तहका जुनियर प्राविधिक कर्मचारी रहेका प्रदीप अधिकारीलाई बिना कुनै स्वार्थ नियुक्त गरिएको होइन भन्ने विषय घाम जत्तिकै छर्लङ्ग छ । तर उनले खण्डनमा भनेका छन्, ‘नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ को दफा १९ मा भएको व्यवस्था बमोजिम प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदमा नेपाल सरकारको मिति २०७८/१०/१७ को निर्णय कानुन बमोजिम नै रहेकाले मलाई महानिर्देशक पदमा नियुक्त गरिएको विषयलाई लिई प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन ।’यति मात्रै नभई, प्रदीप अधिकारीले महानिर्देशक बन्नका लागि निवर्तमान नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई कोटेश्वरस्थित आलेकै घरमा गएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई यति करोड र तपाईलाई यति करोड दिन्छु, बालुवाटार र खुमलटार म आफैँ मिलाउँछु भनेर डील गरेका थिए । (कति करोड भन्ने तथ्य विषय बिजपाटीसँग सुरक्षित छ)१२ असार २०७६ मा प्राधिकरणको महानिर्देशक बनेका राजन पोखरेलले आफू अवकाश हुने अघिल्लो दिन राजकुमार क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि नै प्रदीप अधिकारी चिढिएका थिए । त्यतिबेला वरिष्ठताका आधारमा क्षेत्रीलाई नै महानिर्देशक बनाइएको थियो । क्षेत्रीले पनि महानिर्देशक भएको ३ महिनामै अवकाश पाए । यद्यपी, महानिर्देशक पदमा नियुक्त भइसकेपछि उमेरहद लागू नहुने र आफ्नो नियुक्ति ४ वर्षकै लागि हो भन्ने दाबी गर्दै क्षेत्रीले दायर गरेको रिट अदालतमा अझै विचाराधीन छ ।तर, क्षेत्रीलाई निमित्त महानिर्देशकबाट महानिर्देशक बनाइएपछि मन्त्री आलेसँग प्रदीप अधिकारी आलेकै घरमा पुगेर ‘रिसाएका’ थिए । यसबाट पनि अधिकारीको नियुक्ति स्वार्थ प्रेरित नै छैन भन्न सकिने अवस्था छैन ।त्यसैगरी, उनले खण्डनको बुँदा नम्बर २ मा ‘सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा तोकिएको प्रावधानलाई पालना गरी प्राधिकरणबाट भएका बोलपत्रसँग सम्बन्धित विषयहरुमा प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन’ भनेका छन् ।तर, उनी ३ वटै ठूला आयोजनाको एकैपटक आयोजना प्रमुख बनेको विषय लेखेका छैनन् । ‘बोलपत्र आह्वान नभई पोखरा, भैरहवा जस्ता ठूला आयोजनाको काम भएको हो’ भनेर बिजपाटीले दाबी गरेको पनि छैन । तर, बिजपाटीले एउटै व्यक्ति एकै पटक भैरहवा, पोखरा र प्रस्तावित निजगढको समेत आयोजना प्रमुख बनेको विषयमा त्यो गलत भएको थियो भन्ने दाबी गरेको हो । यसमा पनि उनले गोलमटोल खण्डन गरेका छन् । यति मात्रै नभई, उनी ३ वटै ठूला विमानस्थल परियोजनाको आयोजना प्रमुख भएकै बेला प्राधिकरणको सिभिल चीफ पनि बने । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा क्यानका तत्कालीन सिभिल चीफ ध्रुवदास भोछिभयाको पनि मृत्यु भएपछि अधिकारीलाई सिभिल चीफ बन्ने बाटो खुला भयो । बिजपाटीले एकैपटक ठूला मालदार आयोजनाको आयोजना प्रमुख बनेको र सोही समयमा सिभिल चीफ बनेर अकुत सम्पत्ति कमाएर त्यहीँ मध्ये केही रकम खर्च गरेर महानिर्देशक बनेको प्रमाणसहित समाचार प्रकाशित गरेको छ । तर, अधिकारीले यसको खण्डन गर्न सकेनन् । अर्थात्, कर्मकाण्डी खण्डन पठाएर पन्छिन खोजेका छन् ।त्यस्तै, उनले प्रेस काउन्सिललाई समेत बोधार्थ पठाएको खण्डनको तेस्रो बुँदामा ‘जग्गा प्राप्ती ऐन २०३४ को प्रक्रिया पूरा गरी प्राधिकरणका लागि अधिग्रहण गरेका जग्गाहरुका सम्बन्धमा प्रकाशित भ्रामक समाचारमा कुनै सत्यता छैन’ भनेर दाबी गरेका छन् ।तर, मुआब्जा वितरणमा अधिकारीले अनियमितता गरेको विषयमा विभिन्न निकायमा उजुरीका चाङ छन् । उजुरीका विषयमा भने उनले खण्डनमा कुनै कुरा उल्लेख गरेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरण र राजश्व अनुसन्धान विभागमा सम्म उनीविरुद्द उजुरी छन् । यी निकायले समय क्रममा उनले के कति अनियमितता गरेका थिए भन्ने तथ्य सार्वजनिक गर्लान् नै । तर आर्थिक प्रभावका आधारमा कतिपय उजुरीहरूमाथि छानबिन नगर्न अधिकारीले दबाब दिइरहेको विभिन्न स्रोतहरूले दाबी गरेका छन् । अर्कोतर्फ, जग्गा प्राप्ती ऐन २०३४ मा जग्गाको मुआब्जा निर्धारण गर्दा धेरै जमिन पर्ने र थोरै जमिन पर्नेको फरक फरक दर निर्धारण गर्न सक्ने प्रावधानविपरित उनले जग्गा कारोबारीसँग मिलेर अनावश्यक ठाउँको समेत मुआब्जा दिलाउन भूमिका खेलेका थिए भन्ने दाबी अख्तियारमा परेको उजुरीमा गरिएको छ । (उनीविरुद्ध अख्तियार लगायत अन्य निकायमा परेको उजुरीको प्रमाणित प्रतिलिपी बिजपाटीसँग सुरक्षित छ ।)सँगै, जग्गा प्राप्ती ऐनमा ‘प्राप्त गरिएको जग्गा जुन कामको लागि प्राप्त गरिएको हो, सो कामको लागि आवश्यक नपरी वा प्रयोग गरेर बढी हुन आएको जग्गा दफा ३३ बमोजिम नेपाल सरकार वा नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थाले अन्य काममा प्रयोग नगरेमा त्यस्तो आवश्यक नपरेको वा बढी भएको जग्गा साबिक जग्गावालालाई फिर्ता गरिदिनु पर्नेछ’ भनिएको छ ।तर, पोखरा विमानस्थलका लागि अधिग्रहण गरिएको कतिपय जग्गा प्रयोगविहिन अवस्थामा समेत छ । यसबारे भने उनको खण्डनमा केही उल्लेख गरिएको छैन । यसअघिः‘डीजी साप’को गोप्य निर्णयः ४० प्रतिशत कमिशन पाउने गरी ‘रिट्ठेपानी डाँडो’ काट्न टेण्डरै नगरी ठेक्काजताततै भ्रष्टाचारको उजुरी : सातौँ तहमा हुँदा नै डीजी अधिकारी भन्थे, ‘क्यान हाँक्न आएको हुँ’‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियोगौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा करोडौँ ‘घोटला’, दलालसँग मिलेर राज्य कोषको दोहन‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो।तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो।सिंह अघिल्लो वर्षको मंसिरमा काठमाडौं परिसरमा सरुवा भएका थिए। प्रहरी नियमावलीअनुसार सामान्यतया कुनै प

सरकारमा देउवा भर्सेस खाँण

कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो। सिंहको सरुवा रोकिएपछि प्रहरीको एउटा समूहले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी

काठमाडौँ प्रहरी प्रमुखको सरुवा उल्टियो

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको प्रमुख सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी रहेको छ । हिजो (मंगलबार) प्रमुख सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय भएको थियो । सिंहको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज […]

रोनाल्डोको समानमा नयाँ प्रतिमा

स्पेनविरुद्ध ह्याट्रिक तथा दोस्रो खेलमा निर्णायक गोल गर्दै पोर्चुगललाई नकआटचरणमा सुरक्षीत गर्न सफल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ प्रतिमा माडेएरा विमानस्थलमा बनाइएको छ। विश्वकप अघिनै उक्त विमानस्थलमा रोनाल्डोको प्रतिमा निर्माण गर्ने गरि तयारी गरिएको भएपनि उनको सफल्तासँगै रातारात प्रतिमा अनावरण गरिएको छ। यसअघि उनको अ...