नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बुधबार तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।उनका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने छ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने छ ।