संसदको विकास तथा प्रविधि समितिले राम्रो अवस्थामा रहेका २० वर्ष पुराना सवारी साधान सञ्चालन गर्न दिन निर्देशन दिएको छ । बुधबार समितिको कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र यातायात विभागमा महानिर्देशक नमराज घिमिरे सहितको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिले यान्त्रिक परिक्षणमा ठीक रहेका सवारी साधनलाई विस्थापित नगर्न भनेको हो । समिति सभापति कल्याणी खड्काले २० वर्ष भन्दा बढी चलेका सार्वजनिक सवारी साधनहरु विस्थापित गर्ने