उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले कानुन निर्माण प्रक्रियामा ध्यान दिएका छन् । आफू मन्त्रीमा नियुक्त भएको ५ महिनाको अवधिमा ६ वटा नीति, ९ वटा ऐन, २ वटा नियमावली, १३ वटा कार्यविधि र निर्देशिका जारी गर्न तयारी अवस्थामा रहेको बडूले जानकारी दिए ।मन्त्री बडूका अनुसार दश वर्षीय औद्योगिक विकासका रणनीति तर्जुमा कार्य अघि बढाइएको छ । यस्तै, वाणिज्य नीति र नेपाल व्यापार एकीकृत रणनीति पुनरावलोकन गरी नयाँ नीति र रणनीतिको मस्यौदा तयार पारिएको छ । नेपाल गुणस्तर नीतिको मस्यौदा पनि तयार भए