प्रधानमन्त्री प्रचण्ड कमजोर - गृह, अर्थ र उद्योग मन्त्रालय अर्कै दललाई

काठमाण्डाै – नयाँ सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमजोर देखिनुभएको छ । सरकार सञ्चालनका लागि मुख्य मानिएका मन्त्रालय नै प्रचण्डको दल माओवादीले नपाउने पक्का भएपछि उहाँ कमजोर बन्नुहुने देखिएको हो ।गृह मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय अरू दलले पाउने पक्का भएको छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनमत पार्टीका अब्दुल खान बन्न पक्का भएको छ ।प्रायः प्रधानमन्त्रीले गृह र अर्थमध्ये कम्...