राष्ट्रिय बाणिज्य बैकले जेनजी आन्दोलनको क्रममा लुटिएको सुनको बदलामा नगद दिने भएको छ। भदौ २४ गतेको जेनजी प्रदशनका क्रममा बैंकको बानेश्वर स्थित शाखाबाट करिब १८ किलो सुन लुटपाट गरिएको बैंकले जनाएको छ। बैंककाअनुसार, नयाँ बानेश्वरस्थित शाखाबाट भल्ट फुटाएर करिब ३८ करोड रुपैयाँ बराबरको नगद र गरगहना चोरी भएको छ। बैंकका अधिकारी र प्रहरीले हालसम्म करिब […]
सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको खर्च र तथा प्रगती विवरण माग गरेको छ। गाउँपालिका संयोजक ईश्वर श्रेष्ठले गाउँपालिकाले गरेका काम तथा त्यसमा भएको सम्पूर्ण खर्चको विवरण माग गरिएको जानकारी दिए। गाउँपालिकाले छनौट गरेका योजना तथा बजेटका सिलिङको प्रतिलिपि, गाउँपालिकाको वार्षिक प्रगती विवरण, अध्यक्ष÷उपाध्यक्ष उपभोग गरेको सेवा सुविधा, सवारी साधनको दुरुपयोग, […]
नेपाल पत्रकार महासङ्घले सरकारले ल्याएको छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ का केही प्रावधानप्रति असहमति जनाएको छ। महासङ्घले आज जारी गरेको विज्ञप्तिमा नियमावलीका कतिपय व्यवस्थालाई स्वतन्त्र प्रेसविरोधी भएको भन्दै आलोचना गरिएको छ। महासङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ कि, “निःशुल्क दर्ता र नवीकरण हुँदै आएका प्रकाशनमा शुल्क थोपिने, अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले गर्ने जस्ता […]
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा देखा परेको बेथिति अन्त्य गर्न निगमका सञ्चालक समिति र व्यवस्थापनका उच्च अधिकारीहरूलाई गम्भीर रूपमा लाग्न निर्देशन दिएकि छन्। प्रधानमन्त्री कार्कीले निगम सुधारका लागि विगतमा पेश भएका विज्ञ सुझावहरू कार्यान्वयन गर्न जोड दिएकि हुन्। उनले भनिन, “संस्थालाई गौरवशाली बनाउने उद्देश्यले सम्बद्ध सबै अधिकारी जिम्मेवार भएर काम गर्नुपर्छ।” प्रधानमन्त्रीको सचिवालयले जारी […]