नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसअघि एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोमबारको बैठकले रावललाई संयोजक तोक्दै सदस्यमा शंकर पोखरेल थपेको हो ।‘भीम रावललाई कार्यदलको संयोजक तोकिएको छ । पहिला ६ जना हुनुहुन्थ्यो अहिले एक जना शंकर प