हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भदै आपत्तिसमेत जनाए । “भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईँ हो । भारतसँग सीमा विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नउठाईकन तपाईँहरू आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्न हुनुभयो,” नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, “चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।”