बझाङ : सदरमुकाम चैनपुर पानकोटमा सेती नदीमाथि मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।पुल बनेपछि सेती नदी पारी रहेका स्थानीबासीलाई आवतजावतमा सहज हुनुका साथै गाउँघरमा उत्पादित सामान बजारसम्म पुर्याउन र अन्य निर्माणका सामाग्री ढुवानी गर्न समेत सजिलो भएको जयपृथ्वी नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष गगन बहादुर सिंहले बताए। उनले भने, 'कैलाश स्वास्थ्य चौकीमा आएको एम्बुलेन्स समेत पुल नभएका कारण सदरमुकाम चैनपुरमै राख्नुपर्ने र बिरामीलाई बोकेर ल्याउनुपर्ने अवस्था थियो। अब ती