काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई थप ३ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतको बिहीबारको आदेशअनुसार उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिने भएको हो। उनी गत वैशाख १० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट पक्राउ गरेको थियो। उनलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ। […]
राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। आयोजकका अनुसार प्रतियोगिता मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न क्षेत्रका १२ कर्पोरेट टोलीहरूको सहभागिता रहनेछ, जसमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल […]
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू गर्न खोजिएको ‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने’ व्यवस्था अव्यवहारिक रहेको बताएका छन्। सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनी भ्रमणपछि प्रतिक्रिया दिँदै उनले उक्त नियमका कारण स्थानीय नागरिकको दैनिकी कष्टकर बनेको बताए। ‘त्यहाँका नागरिकसँगको अन्तर्क्रियापछि गहिरो छटपटी र आक्रोश लिएर फर्किएको छु,’ उनले भने। नयाँ नियमका कारण […]