विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि

काठमाण्डाै - विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् । विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् । दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।

सम्बन्धित सामग्री

पब्जी मोबाइल प्रो लिगको फाइनल आजदेखि हुने

पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ फाइनल आजदेखि सुरु हुनेछ। पीएमपीएल साउथ एशिया च्याम्पियनसिपको फाइनल जेठ ११ देखि १४ गते बिहीबारदेखि आइतबारसम्म आयोजना हुने आयोजकले जनाएको छ। खेल नेपाली समय अनुसार साँझ ५स्४५ बजेदेखि सुरु हुनेछ । यूट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। यस अघि पाकिस्तानमा इन्टरनेटमा...

पब्जी विश्व च्याम्पियनसिप फाइनल आजदेखि, नेपालका दुई टिम खेल्दै

२२ पुस, काठमाडौं । इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । विभिन्न चरण पार गरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धाबाट आइतबार नयाँ विश्व विजेताको टुंगो लाग्नेछ । १० नोभेम्बर २०२२ मा मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि […]

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेश प्रदेश खेल्नेछन् । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल कात्तिक २५ गते त्रिवि मैदानमै हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक २६ गते शनिबार […]

नवौँ राष्ट्रिय खेलकुद : कराँते आजदेखि पर्वतमा, ३२ स्वर्णका लागि प्रतिस्पर्धा

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फको ‘इभेन्ट’ पर्वतको कुश्मामा शनिबार सुरु हुँदैछ। पर्वत जिल्ला कराँते संघका संयोजक तथा स्थानीय आयोजक समितिका सदस्य राम श्रेष्ठका अनुसार विभिन्न १९ वटा ‘इभेन्ट’ मा हुने प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान आठ बजेका लागि तय गरिएको छ। पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ।शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल

२० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ । कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ । नेपालले अर्को खेल पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै...

आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा चेन्नई र कोलकत्ता खेल्दै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकत्ताका कप्तान श्रेयस ऐर र चेन्नईका रविन्द्र जडेजा रहेका छन् । यी दुई टोली पछिल्लो पटक फाइनल खेलेका थिए । चेन्नईले उपाधि जितेको थियो । आईपीएलमा यसपालि थपिएका दुई टोलीसहित १० टिम सहभागी छन् ।

फाइनल जस्तै रेलिगेसन ब्याटल : गर या मरको अवस्थामा फ्रेण्ड्स र च्यासल

७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि १२औं चरणको खेलहरू सुरु हुनेछ । जसको पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली रेलिगेसनबाट जोगिन संघर्षरत छन् । त्यसैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रँदा दुवैको लागि यो खेल गर या मरको अवस्थामा हुनेछ । लिगको उपाधि मछिन्द्रले […]

नेपाली पब्जी टीम डिआरएस पीएमजीसीको लिग फाइनलमा प्रवेश, आजदेखि खेल सुरु

लिग चरणका फाइनल खेलहर्रू २२ डिसेम्बर अर्थात बुधबारदेखि देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ ।

युराे कपमा क्वाटर फाइनल खेल आजदेखि

काठमाण्डाै – युरो कप फुटबलको क्वाटर फाइनल खेल शुक्रवार (आज) देखि सुरु हुँदैछ । आज पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेनले खेल्दा दोस्रो क्वाटर फाइनल खेलमा बेल्जियम र इटलीले प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनको खेल राति पौने १० बजे रुसकाे सेन्ट पिटर्बगमा हुनेछ । स्विट्जरल्यान्ड समूह ए बाट र स्पेन समूह ई बाट क्वाटर फाइनल पुगेकाे हाे । प्रिक्वाटर फाइनल खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई हराउँदा स्पेनले क्राेएशियालाई हराएकाे थियाे ।  बेल्जियम र इटलीको खेल भने राति पौने १ बजे जर्मनकाे म्युनिखम...

विराट गोल्डकप : सेमिफाइनलको संस्करण आजदेखि

माेरङ – विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित ...