हिरोको इलेक्ट्रिक स्कुटर 'भिडा' अरु भन्दा फरक डिजाइनमा सार्वजनिक, फुल चार्जमा १६५ किमिसम्म

काठमाडौं। हिरो मोटरकर्पले नयाँ इलेक्ट्रिक स्कुटर 'भिडा' सार्वजनिक गरेको छ। कम्पनीले उक्त इलेक्ट्रिक स्कुटर 'भिडा' भारतमा सार्वजनिक गरेको

सम्बन्धित सामग्री

स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० सार्वजनिक

काठमाडौं (अस) । सेगवे–नाइनबोटले आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि कम्पनीले दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिका बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट उत्पादन गरिरहेको छ । नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे यो विधामा उत्कृष्ट हुँदै आएको छ ।   सेगवे नाइनबोटका लागि नेपालमा आईहब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हब प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा स्वच्छ पर्यावरणका लागि सेगवेका स्कुटी बिक्री सुरु गरिएको जानकारी दिए । सेगवे ई–१०० माघ तेस्रो सातादेखि नेपाली बजारमा उपलब्ध हुनेछ । उत्कृष्ट सुरक्षाका सुविधाको साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म चल्दैन । सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचोबाहेक रिमोट कन्ट्रोलमा दुई बटन रहेका छन् । एउटा बटनले स्कुटरलाई अन–अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ । २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमका वस्तु राख्ने पर्याप्त ठाउँ उपलब्ध छन् । नाइनबट ई–स्कुटर ई–१०० कालो, सेतो, नीलो र रातो रङमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित  वातावरणीय प्रभावअनुसार प्रकाश फाल्ने कम्पनीले बताएको छ । ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्रीलगायत सुविधा उपलब्ध छन् ।