स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० सार्वजनिक

काठमाडौं (अस) । सेगवे–नाइनबोटले आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि कम्पनीले दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिका बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट उत्पादन गरिरहेको छ । नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे यो विधामा उत्कृष्ट हुँदै आएको छ ।   सेगवे नाइनबोटका लागि नेपालमा आईहब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हब प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा स्वच्छ पर्यावरणका लागि सेगवेका स्कुटी बिक्री सुरु गरिएको जानकारी दिए । सेगवे ई–१०० माघ तेस्रो सातादेखि नेपाली बजारमा उपलब्ध हुनेछ । उत्कृष्ट सुरक्षाका सुविधाको साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म चल्दैन । सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचोबाहेक रिमोट कन्ट्रोलमा दुई बटन रहेका छन् । एउटा बटनले स्कुटरलाई अन–अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ । २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमका वस्तु राख्ने पर्याप्त ठाउँ उपलब्ध छन् । नाइनबट ई–स्कुटर ई–१०० कालो, सेतो, नीलो र रातो रङमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित  वातावरणीय प्रभावअनुसार प्रकाश फाल्ने कम्पनीले बताएको छ । ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्रीलगायत सुविधा उपलब्ध छन् ।

सम्बन्धित सामग्री

आइएमईले बेच्याे एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। राफ्ट मोटर्समा ६ वटाभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन्। यी स्कुटर एकैपटककाे चार्जबाट तीन सय...

सेगवेको नयाँ इलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा

सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।

महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्‍याली

महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । सुपरसोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक डि लाइफस्टाइल प्रालिले १० वटा मोटरसाइकल र स्कुटरको र्‍याली निकालेको हो ।

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा पनि उपलब्ध

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील

इलेक्ट्रिक स्कुटर ल्याउँदै हिरो

दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

सस्तो इलेक्ट्रिक स्कुटर बजारमा ल्याउँदै ओला

इलेक्ट्रिक स्कुटर उत्पादक कम्पनी ओलाले सस्तो मूल्यको स्कुटर बजारमा ल्याउने भएको छ ।

सुन्दर ट्रेडर्सको ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौँ – सुन्दर ट्रेडर्स प्रालिले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो। स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीबारे जीपीएसबाट हेर्न सकिने बताए। उनले केही दिनमै प्रालिले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने […]

राष्ट्रिय आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर हस्तान्तरण

टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।   गत वर्षको लकडाउनका बीच नेपाली बजारमा इलेक्ट्रिक स्कुटर टेल्जीको आधिकारिक बिक्री...

दुई ब्रान्डको चार मोडलका इलेक्ट्रिक स्कुटर भित्रियो, कति पर्ला मूल्य?

एलभिनेङ्ग ब्रान्डका ‘एक्सआइ’ र ‘एस५’, जम्बो ब्रान्डका डि०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्र्त्रिएका हुन्।