काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सिभिल सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराध कसूरमा अभियुक्तहरूलाई कसूरको गम्भीरता अनुसार कैद, जरिवाना तथा बिगो भराउनेसम्बन्धी फैसला सुनाएको हो । अदालतले मुख्य प्रतिवादी इच्छाराज तामाङलाई ५ वर्ष ६ […]
काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) हदबन्दीका कारण सङ्कटमा पर्दै गएको बताएका हुन् । पत्रकार सम्मेलनमा […]
लमजुङ। लमजुङको सदरमुकमा बेसीशहरमा किशोरकिशोरीका लागि आयोजित तीन दिने करियर काउन्सेलिङ तथा गोल सेटिङसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । किशोरकिशोरीलाई आफ्नो क्षमता, रुचि र सम्भावनाको पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग पु¥याउने उद्धेश्यले आयोजित तालिम बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको तालिम वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास […]
काठमाडौँ । लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनलाई थप प्रभावकारी, योग्यतामा आधारित र समावेशी बनाउन सरकारलाई सातबुँदे सुझाव दिएको छ। आयोगले संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्नेदेखि समावेशी व्यवस्थाको पुनरावलोकन, प्रतिभा पलायन रोक्ने कार्यक्रम र एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनसम्मका विषयलाई प्राथमिकताका साथ अघि सारेको छ। आयोगले आर्थिक वर्ष २०८२/८३ को ६७औँ वार्षिक […]
काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडमा अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले लिमिटेडको रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो। न्यौपाने दोस्रो पटक अध्यक्षमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ देखि २०८२ सम्मको पूर्ण कार्यकाल अध्यक्ष भएका थिए। न्यौपाने फार्मास्युटिकल क्षेत्रमा परिचित नाम हो । यसपटक उनी खुल्ला प्रतिस्पर्धाबाट सिफारिस […]
प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घरबारविहीन तथा प्रभावित परिवारका लागि थप राहत सामग्री उपलब्ध गराएको छ। बैंकले भदौ २५ गते बाढी प्रभावित परिवारलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको जनाएको छ। उक्त सामग्री प्रशासनमार्फत सम्बन्धित बाढीपीडितलाई उपलब्ध […]