प्रसाईंले मंसिर ७ मा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ घोषणा गर्दा गणतन्त्र नढलेसम्म प्रदर्शन जारी रहने दाबी गरेका थिए। तर एक सातामै प्रदर्शन शिथिल हुन पुगेको छ।
मंसिर ७ के सन्देश लिएर आउला? यसबारे ‘राष्ट्र बचाउ महाअभियान’ का नेता दुर्गा प्रसाईँबाहेक शायदै अरु व्यक्ति त्यत्ति आशावादी र सकारात्मक देखिन्थे। मङ्सिर ७ मा ‘आन्दोलन’ शुरु भयो। त्यसको अन्त कसरी कहिले होला र अन्तिम परिणाम के होला, भन्न कठीन छ अहिले नै, तर मंसिर ७ ले प्रारम्भमै केही चेतावनीयुक्त संकेत दिएको छ। त्यसलाई सकारात्मक […]
काठमाडौँ : दैनिकजसो नाराबाजी हुने माइतीघर मण्डला यतिखेर सुनसान छ। प्रदर्शनकारीहरू यसअघि पाल नै टाँगेर आन्दोलन गर्थे।जसकारण उक्त क्षेत्र कुरूप देखिएको थियो तर अहिले माइतीघर मण्डलामा बीच सडकमा ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको आदेशपत्र झुण्ड्याइएको छ। यहाँ अहिले कोही आन्दोलनकारी छैनन्, छन् त प्रहरी मात्र।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूहल
मंसिर ७ गते राजधानीमा ठूलै घटना हुने भय अहिले सर्वत्र देखिन्छ । कतिपयले त्यस दिन ठूलो रक्तपात हुने गफ दिने गरेका छन् । नेपालको राजनीतिमा आफूलाई जबरजस्ती स्थापित गराउन विभिन्न स्टन्टबाजी गर्दै आएका मेडिकल माफियाको उपमा पाएका दुर्गा प्रसार्इंले राजधानी केन्द्रित आन्दोलन गर्ने र राजतन्त्र एवं हिन्दूधर्म कायम गर्ने भन्दै देशभरका युवाहरुलाई उराल्न सामाजिक सञ्जालको […]
काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) २०६२ मंसिर ७ गते भएको १२ बुँदे सम्झौता र त्यसको एक वर्षपछि भएको विस्तृत शान्ति सम्झौताको एक पक्षधर हुन्। तत्कालीन माओवादीसँग १२ बुँदे सहमित गर्दै राजतन्त्रविरुद्ध आन्दोलन गर्ने सात राजनीतिक दलमध्ये नेमकिपा एउटा महत्वपूर्ण पार्टी हो। १२ बुँदे र विस्तृत शान्ति सम्झौताको १७ वर्ष […]
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग […]
४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिबीच १९ बुँदे सहमति भएको छ । स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए । पेशागत संगठनहरुले मंसिर ७ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १८ बुँदे माग पेश गरेका थिए । समयमै माग पुरा नहुँदा […]