विराटनगर / प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई सोमबारसाँझ पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार ठाकुर साँझ ५ः३० बजेतिर बीआर ३८ टी ३४१० नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए...