म्यान्मारको फ्रन्टियर म्यागेजिनमा कार्यरत अमेरिकी पत्रकार डेनी फेनिस्टिरमाथि त्यहाँको अदालतले ११ वर्षे जेल सजाय सुनाएको छ । ३७ वर्षका यी पत्रकारलाई यांगुन विमानस्थलबाट गत मेइमा प्रहरीले पक्राउ गरेको थियो । र, प्रहरीले उनीमाथि विभिन्न तीनवटा अभियोग लगाएको थियो ।म्यानमारको अदालतले उनीमाथि सरकारले अवैध ठहर गरेका समूहलाई प्रोत्साहन गरेको र ती समूहहरुसँग साँठगाँठ गरेको अभियोगमा उनीविरुद्ध फैसला सुनाएको हो । यस्ता अभियोगमा कानुनअनुसार कडाभन्दा कडा सजाय हुने पनि अदालतले जनाएको छ । म्यानमारको अदालत