बैंकमा निक्षेप फर्किंदै

काठमाडौं । स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किन थालेको छ । नेपाल बैकर्स संघको तथ्यांकअनुसार वैशाखभर वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । चुनावपछिका २ सातामा बैंकहरूमा १३ अर्ब रुपैयाँ निक्षेप फर्किएको छ । संघका अनुसार चैत अन्तिममा वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा घटेर ४३ खर्ब ७० अर्ब कायम भएको थियो । जेठ १३ गतेसम्ममा बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ । जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । स्थानीय तहको चुनावका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकिङ प्रणालीमै फर्किन थालेको संघले जनाएको छ । बैंकहरूमा स्वदेशी मुद्राको निक्षेप वृद्धि भए पनि विदेशी मुद्रामा रहेको निक्षेप भने स्थिर देखिएको छ । बैंकमा स्वदेशी मुद्राको निक्षेप ४२ खर्ब ६० अर्ब रुपैयाँबाट वृद्धि भई ४२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्राको निक्षेप भने १ खर्ब १० अर्ब रुपैयाँ बराबर छ । निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा प्रवाह पनि बढेको छ । जेठको २ साता बैंकहरूको कर्जा ७ अर्ब रुपैयाँले विस्तार भएको छ । वैशाखभरमा ६ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको बैंकहरूको कुल कर्जा जेठ १३ गतेसम्ममा बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ । तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएपछि बैंकहरूले पछिल्लो समय कर्जा विस्तार गर्न सकेका छैनन् । बैंकहरूले नयाँ कर्जा स्वीकृत नगरे पनि पहिल्यै स्वीकृत गरेको ससानो आकारको कर्जा मात्र प्रवाह गर्दै आएका छन् । निक्षेप वृद्धिपछि बैंकहरूको सीडी रेसियोमा पनि सुधार आएको छ । संघका अनुसार जेठ १३ गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ४१ प्रतिशत रहेको छ । जेठ ६ गते यो अनुपात ९० दशमलव ६० प्रतिशत थियो । बैंकहरूले असार मसान्तभित्र सीडी रेसिया ९० प्रतिशतभन्दा कममा झार्नुपर्ने व्यवस्था छ । मौद्रिक नीतिको तयारी शुरू यसैबीच, सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न तयारी शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सरोकारवालालाई मौद्रिक नीतिका लागि रायसुझाव पेश गर्न आग्रह गरेको छ । साउन पहिलो साता नीति जारी गर्नेगरी तयारी गरिरहेको छ । बैंक तथा वित्तीय संस्था, निजीक्षेत्रलगायत विभिन्न सरोकारवालासँग औपचारिक कार्यक्रम नै गरेर सुझाव लिने राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले ८ प्रतिशत आर्थिक वृद्धि र मूल्य वृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । तर, बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्राको सञ्चितिका साथै मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेपछि दबाबमा रहेको राष्ट्र बैंकले आगामी दिनमा कसिलो मौद्रिक नीति अवलम्बन गर्ने संकेत गरेको छ । यद्यपि गभर्नर महाप्रसाद अधिकारीले सोमवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बजेटले लिएको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति जारी गर्ने बताएका थिए ।

सम्बन्धित सामग्री

स्थायी निक्षेप सुविधासँगै बैंकहरूले राखे २८ अर्ब निक्षेप

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएसँगै २ फागुनमा नै उक्त सुविधा उपयोग गर्दै राष्ट्र बैंकमा २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

तीन दिनमै घट्यो आठ अर्ब निक्षेप

वाणिज्य बैंकहरूबाट तीन दिनमै आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन ३१ म ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरूमा भदौ ३ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब २६ अर्ब...

एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन*

बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक महिना*मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घट

कर्जा र निक्षेप लगातार ओरालो

काठमाडौं, जेठ ५ । बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो लागेको छ । बजारमा तरलता अभावसँगै बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंकहरूले कर्जा प्रवाह पनि घटाउँदै लगेका छन् । नेपाल बैंकर्स संघका अनुसार वैशाख महीनामा मात्र वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत अन्तिममा वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप […]

घट्दै विदेशी मुद्राको निक्षेप

काठमाडौं, माघ २६ । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ वर्षअघिकै विन्दुमा पुगेको छ । २०७५ असोजमा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ८७ अर्ब रुपैयाँ रहेकोमा […]

बैंकहरूमा निक्षेप बढ्यो

काठमाडौं । गत साता बैंकहरूमा निक्षेप बढेको छ । केही समययता घटेको बैंकहरूको निक्षेप गत साता पुनः बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब रूपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरूको निक्षेप ७ अर्ब रूपैयाँले वृद्धि भएको छ […] The post बैंकहरूमा निक्षेप बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बढ्न थाल्यो बैंकहरूमा निक्षेप

काठमाडौँ– केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको […]

बैंकमा बढ्यो निक्षेप, कर्जा-निक्षेप अनुपात भने उस्तै

२० मंसिर, काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको बैंकहरुको निक्षेप गत साता भने वृद्धि भएको छ । एक सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल बैंकर्स संघले बताएको छ । अघिल्लो साता बैंकहरुको सात अर्ब रुपैयाँले नै निक्षेप घटेको थियो । ३ मंसिरसम्म २७ वाणिज्य बैंकहरुमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । […]

एक सातामा ३८ अर्ब थपियो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]

वाणिज्य बैंकहरूको निक्षेप संकलन बढ्यो

लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ। बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ। यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको थियो। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैंकहरूको निक्षेप ह्वात्तै बढेको हो। कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैंकहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो। पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरूलाई चैत महिनाको तेस्रो सातामा न...