काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा बाढीले धेरै क्षति पुगेको पाइए त्यसको मर्मतका लागि नयाँ ठेक्का लगाइने भएको छ। आयोजनाले बढी क्षति पुगेको खण्डमा मर्मत गर्न नयाँ ठेक्का लगाउने जनाएको हो।आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनाको हेडबक्समा क्षति पुगेको छ। सुरुङमा माटोले भरिएको छ। जसकारण अहिले उपत्यकामा आयोजनाको पानी आएको छैन।‘आयोजनासम्म पुग्ने बाटो ट्रयाक खोल्ने काम सुरु भएको छ, बाटो खुलेपछि प्राविधिक टोलीसहित निरीक्षण गर्न जान्छौ