मेगा बैंकको सीईओबाट अनुपमाले दिइन् राजीनामा

काठमाडौं :  मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छिन्। खुँञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी छँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएकी हुन्। उनको ४ वर्षे कार्यकाल चैत २९ गते सकिँदै थियो। २०७४ चैत ३० गते मेगा बैंकको सीईओ पदमा नियुक्त भएकी खुँञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन्।

सम्बन्धित सामग्री