सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छै

सम्बन्धित सामग्री

सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

काठमाडौं – प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ। मंगलबार बिहान र साँझ भएको छलफल निष्कर्ष विहीन भए पछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो। कार्यदलका सदस्य हिमलाल पुरीले आज बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका छन्। प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति […]

कार्यदलको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं : सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तयारी रहेको कार्यदलका सदस्यसमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।  कार्यदलले हिजो अपूरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। गत साउन २० गते सत्ता गठबन्धनमा  सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको थियो। एक महिना लामो छलफलमा पनि कार्यदल टु‌ंगोमा नपुगेपछि कार्यदलले अपुरो प्रतिवेदन श