नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, ‘कुतीको बाटो हिँडेर काशी पुगिंदैन ।’ राज्यको वर्तमान चरित्र र संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना हेर्दा कतै हामी कुतीको बाटो काशीको यात्रा त गरिरहेका छैनौं ? भन्ने भान हुन्छ ।संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पना गरेपछि राज्य संयन्त्रका हरेक अंगमा यसको प्रतिबिम्ब देखिनुपर्ने हो । तर संविधान बने पछिको दुइ वटा सरकारमध्ये न कम्युनिष्ट पार्टी नेतृत्वको करीब दुई तिहाइ बहुमतको सरकारको पालामा समेत आमजनताले समाजवाद उन्मुख राज्य