पाकिस्तानी प्रधानमन्त्री सरिफलाई कोरोना संक्रमण

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ कोरोना सङ्क्रमित भएका छन्। सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको जानकारी दिएकी हुन्। उनका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको निगरानीमा छन्।

सम्बन्धित सामग्री

‘हामी सुध्रिएनौं भने भारतको जस्तै हालत हुन्छ’

बीबीसी। कोरोना नियन्त्रण गर्न सकिएन भने आफ्नो हालत भारतको जस्तै हुने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन्। सरकारले दिएको निर्देशन कडाइका साथ पालना गर्न उनले शुक्रबार जनतासँग अनुरोध गरे। उनले कोरोना संक्रमण थप फैलन नदिन सेना र अन्य संस्थासँग मद्दतका लागि अनुरोध पनि गरे।खानले भने, ‘मास्कमात्रै लगाउने हो भने पनि कोरोना आधा नियन्त्रण हुन्छ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।