बागमतीमा दलीय भागबण्डाले निम्त्याएको संकट : मन्त्रालयका लागि कर्मचारी र भवन अभाव

मकवानपुर । बागमती प्रदेश सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा कर्मचारी र भौतिक संरचनाको चरम अभाव देखिएको छ । प्रदेश सरकारले पूर्व तयारी र छलफल बिनै दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरी संख्या बढाएपछि प्रदेश सरकारको काम कारवाही नै अस्तव्यस्त बनेको छ ।आगामी माघ २९ गते बागमती प्रदेश सरकारले आफ्नो ४ वर्ष पूरा गर्दैछ । अहिलेसम्म बागमती प्रदेशले ३ जना मुख्यमन्त्री पायो भने ३ दर्जनभन्दा बढी प्रदेश सांसद त मन्त्री नै बनिसके । स्थापनाको ४ वर्ष पुग्नै लाग्दा समेत प्रदेश सरकारले आफ्नो स

सम्बन्धित सामग्री

जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदैआएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्ति मात्रै होइन, पूर्वाधारको समेत उस्तै समस्या रहेको छ ।

सुदूरपश्चिममा दलका कार्यालयका लागि भवन अभाव

धनगढी : सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको कार्यालय व्यवस्थापन गर्न सकस भएको छ। प्रदेशसभा सचिवालयलाई दलका कार्यालयका लागि कोठा अभाव भएपछि व्यवस्थापनमा समस्या आएको हो।यसअघि दलका कार्यालयको रूपमा प्रयोग गरिएका संरचना प्रदेशको अस्थायी राजधानीस्थित धनगढी उपमहानगरपालिकाले भत्काएपछि समस्या आएको बताइएको छ। उपमहानगरले सडक चौडा पार्ने भन्दै मुख्य सडक क्षेत्र आसपासका संरचना भत्काइरहेको छ।उपमहानगरले शुरु गरेको सडक विस्तारको क्रममा पुराना दलका कार्यालय स्थापना गरिएका संरचनामा डोजर चलेपछि दलको कार्यालय अभाव

बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव

अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए।

अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयमा भवनको अभाव रहेको पाइएको छ। ती विद्यालयहरुमा भवनको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न पनि सरोकारवालाहरुले सुझाव दिएका छन्।...

भवन अभाव हुँदा दुई चरणमा अध्यापन

महेन्द्रनगर । कञ्चनपुरस्थित वैजनाथ माध्यमिक विद्यालयले भवनको अभावमा दुई चरणमा अध्यापन गरिरहेको छ । वेदकोट नगरपालिका–२ जडेपानीमा रहेको उक्त विद्यालय ग्रामीण शिक्षामा अब्बल सावित हुँदै आए पनि पछिल्लो समय भवन अभावले दुई चरणमा अध्यापन गराउनुपर्ने अवस्था आएको हो । विद्यालयले पहिलो चरणमा कक्षा ९ देखि १२ सम्मको कक्षा बिहान ७ बजे शुरू गरिरहेको छ । दोस्रो चरणमा बिहान ११ देखि साढे ४ बजेसम्म कक्षा १ देखि ८ को अध्यापन गर्दै आएको छ । २०३३ सालमा स्थापित उक्त विद्यालयमा हाल १ हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको उक्त संख्या बढेकाले कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक धीरेन्द्रचन्द्र भट्टले बताए । उनका अनुसार विद्यालयमा शिक्षकको समेत अभाव छ । मावि शिक्षकको दरबन्दी न्यून हुँदा निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनुपरेको उनको भनाइ छ । निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब उपलब्ध गराउन वेदकोट नगरपालिकाले अनुदान रकम उपलब्ध गराइरहेको उनको भनाइ छ । ‘एउटै कक्षालाई ३ भागमा विभाजन गरेर अध्यापन गराउनुपर्ने अवस्था पनि छ,’ उनले भने, ‘विद्यालयको शैक्षिकस्तर राम्रो हुनुमा यहाँका शिक्षक/शिक्षिकाको राम्रो भूमिका छ ।’ सो विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत १२ कोठे भवन निर्माणका लागि गतवर्ष डेढ करोड बजेट विनियोजन गरिएको थियो । भवन निर्माण शुरू भए पनि कोभिड लगायत कारणले काम रोकिएको छ । मावि तहमा १२ शिक्षकको दरबन्दी आवश्यक रहे  पनि स्थायी दरबन्दी तीन मात्र छ । माविमा निजी स्रोतबाट पाँच शिक्षकले अध्यापनरत छन् । रासस

मन्त्रालय विभाजनपछि भवन अभाव झेल्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकार स्थापनाको ४ वर्ष टेक्ने क्रममा छ । यो अवधिमा प्रदेशमा ३ जना मुख्यमन्त्रीले सरकारको नेतृत्व गरिसकेका छन् । करिव ३ दर्जन प्रदेश सांसदले त मन्त्रीको जिम्मेवारी नै पाइसके । तर प्रदेश सरकारलाई अझै पनि मन्त्रालयको भवन व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।प्रदेश सरकार स्थापनाको सुरुवातमा तत्कालीन जिल्ला विकास समितिको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरेर सरकारको काम कारवाही सुरु गरिएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद

सल्यान कारागारमा भवन अभाव, थुनुवा राख्न समस्या

सल्यान : भवनको अभाव हुँदा जिल्ला कारागार सल्यानमा थुनुवा राख्न समस्या भएको छ। सरकारले निषेधाज्ञापछि ल्याइएका थुुनुवालाई छुट्टै राख्न निर्देशन दिए पनि भवनको अभाव भएको त्यो सम्भव नभएको जेलर बलबहादुर केसीले बताए। कारागारमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निषेधाज्ञा लागू भएपछि ल्याइएका थुनुवाहरुलाई छुट्टै राख्न परिपत्र गरेको भएपछि भवनको अभाव हुँदा अन्य कैदीबन्दीसँगै राख्नुपर्ने बाध्यता रहेको जेलर केसीले बताए। जिल्ला अदालतबाट कारागार चलान गरेका केही कैदीबन्दीको कोरोना परीक्षण गरेर पठाउने गरेको

ललितपुर महानगरपालिकामा भवन अभाव

९ वैशाख, ललितपुर । भवन अभाव हुँदा ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न कठिनाइ भएको छ । कर्मचारी आइरहे पनि पर्याप्त भवन नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत …