नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र शेयर कारोबार खुल्ने, हिमालयनको अझै अन्योल

जेठ ११, काठमाडौं । मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार सुचारु हुने भएको छ ।  नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बैंकको आधारभूत शेयरधनीहरु बाहेकको शेयर कारोबार सुचारु गराउन निर्देशन दिएसँगै नेप्सेले प्रक्रिया अघि बढाएको हो ।  नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले राष्ट्र बैंकको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था मिलाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिसकिएको बताए ।  भोलिदेखिनै कारोबार सुचारु हुन्छ त ? भन्ने प्रश्नमा पराजुलीले सिडिएससीले उक्त काम सम्पन्न गरेपश्चात मात्र कारोबार सुचारु गरिने जानकारी दिए ।  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरकै कारण सोही दिनदेखि रोक्का रहेको हिमालयन बैंक लिमिटेडको शेयर कारोबार सुचारु हुने अन्योलता भने अझै कायम रहेको छ । पराजुलीले एकै दिन दुवै कम्पनीको शेयर कारोबार रोक्का भएपनि राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र शेयर कारोबार सुचारु गर्न पत्राचार गरेको बताएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।  यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो ।  सभाका लागि तय गरिएको विशेष प्रस्तावमा उल्लेखित मर्जर सम्बन्धमा उपस्थित शेयरधनीहरुमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत हुने व्यवस्था थियो ।  यसर्थ हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जर पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण उक्त प्रस्ताव अस्वीकृत भएको थियो । हिमालयन बैंकले मर्जर प्रस्ताव सभाबाट अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गते सम्पन्न विशेष साधारण सभामार्फत मर्जर प्रस्ताव रद्द गरेको थियो । 

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुव

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

इन्भेस्टमेन्ट र मेगा बैङ्कको शेयर कारोबार रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैङ्कले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैङ्कका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैङ्क […]

शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ […]

प्रभु बैंकको शेयर कारोबार रोक्का

२५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो । प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता […]

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबारदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको […]

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड

सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...