इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

सम्बन्धित सामग्री

१० वाणिज्य बैंकको शेयर मूल्य २ सयभन्दा मुनि, किन घट्यो आकर्षण ?

काठमाडौं । लामो समयदेखि शेयर बजार घट्दो ट्रेण्डमा छ । अधिकांश वाणिज्य बैंकहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ । मर्जर तथा प्राप्तिपछि नेप्सेमा १९ वाणिज्य बैंकको शेयर कारोबार हुने गर्दछ । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको शेयर मूल्य २ सयभन्दा तल छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र हिमालयन बैंकको शेयर मूल्य २ सयभन्दा तल झरेको हो । यी बैंकहरूमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य छ । बुधवार यस बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १४९ दशमलव ६ कायम भएको हो । कुमारीपछि सस्तो शेयर मूल्य प्रभु बैंकको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १५६ छ । शेयर मूल्य कम भएकामध्ये अधिकांश मर्जरमा गएका बैंक छन् ।   मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा यी बैंकहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकारहरू बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचकहरू पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्य रूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकहरूका शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण खासै देखिँदैन । जानकारहरूका अनुसार यसकाे एक कारण बैंकहरूको आम्दानी खस्किनु हाे । बैंकको कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।बैंकको शेयरमा लगानीकर्ताको आकर्षण नहुनुको अर्को कारण हो– शेयर संख्या बढी भएकाले धेरैजनासँग शेयर हुनु हाे । बैंकको शेयर धेरै जनासँग भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन ।   यसो त कतिपय लगानीकर्ताले भने शेयर मूल्य तल्लो विन्दुमा आएकाले यो समयमा अल्पकालीन वा दीर्घकालीन लगानीको लागि उपयुक्त हुने बताउँछन् । गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आठ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । यस कारण बैंकहरूको शेयर मूल्य निकै सस्तिएकाले अहिले लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने जानकारहरू बताउँछन् ।  यी बैंकमध्ये सबैभन्दा धेरै शेयर मूल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५०६ कायम भएको छ । सबैभन्दा धेरै शेयर मूल्य भएको बैंकको सूचीमा दोस्रोमा रहेको नबिल बैंकको शेयर मूल्य रू. ५०५ छ ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से ।

एकीकृत शेयर कारोबारमा ढिलासुस्ती

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ बराबर १ शेयर अनुपातमा प्राप्त गरी प्रभु बैंक लिमिटेडको नामबाट गत पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल पनि १०० बराबर ९० शेयरको अनुपातमा मर्जरमा गई पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । यी दुई बैंक एक भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट कारोबार भइरहेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड पनि एक बराबर एक शेयर अनुपातमा गाभिएका हुन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी पाँचओटै कम्पनीको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का छ । लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक हुन नदिन सेबोनले लागू गरेको निर्देशिकाविपरीत कारोबार रोक्का रहेकोमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले दु:ख व्यक्त गरेका छन् । ‘निर्देशिकामा एकीकृत कारोबारपछि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्थाविपरीत कारोबार रोक्का भए के हुने भन्ने व्यवस्था नभएकाले समस्या देखियो ।’ यस्ता समस्या देखिन थाले आगामी दिनमा निर्देशिका परिमार्जन गरी निर्देशिकाविपरीत जाने कम्पनीलाई कारबाहीको व्यवस्था थप गरिने हमालको भनाइ छ । हाल निर्देशिकाविपरीत कारोबार रोक्का रहेका कम्पनीहरूको विषयमा नेप्सेसँग जानकारी लिई स्पष्टीकरण सोधिने सेबोन अध्यक्ष हमालले जानकारी दिए । सम्बद्ध कम्पनीका शेयर रजिस्ट्रारहरू भने कम्पनीहरूको बोनस शेयर सूचीकरण प्रक्रियाले शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताउँछन् । प्रभु बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेञ्चुरी र प्रभु बैंकको बोनस शेयर समायोजनका कारण शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताए । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयरको प्रस्ताव पारित गरेका थिए । बोनस शेयर सूचीकरण गराउनुपर्ने कारण निर्देशिकाबमोजिम काम गर्न असमर्थ भएको प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत थकालीले स्पष्ट पारे । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले भने यस वर्षको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले स्वाप रेसियोअनुसारको शेयर कायम गरी सूचीकरण प्रक्रियाका लागि एक साताअघि नै बोर्डमा पेश गरे पनि हालसम्म स्वीकृति प्राप्त नभएको जानकारी दिए । बोर्डको स्वीकृतिपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंंकको नामबाट शेयर कारोबार खुला हुने उनले जानकारी दिए । बोर्डले मर्जर तथा प्राप्ति निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । निर्देशिका लागूपूर्व रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर फुकुवा गर्न सकिने व्यवस्था निर्देशिकामा छ । सोही व्यवस्थाबमोजिम कारोबार फुकुवा गरी एकीकृत कारोबारपछि पुन: कारोबार रोक्का भएको हो । बोर्डले लागू गरेको मर्जर तथा प्राप्ति निर्देशिकामा मर्जर तथा प्राप्ति प्रक्रिया सम्झौता गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

नेप्सेमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार दुवै बैंकले एक आपसमा मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। बैंकहरु मर्जमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था गर्नु पर्ने माग उठिरहेको बेला समयमा कानुनी निकास नहुँदा यी २ बैंकको कारोबार रोक्का हुन पुगेको हो ।  नेपाल धितोपत्र बोर्डले पनि कम्पनीहरु मर्जमा जाँदा लामो समय कारोबार रोक्का नहुने ब्यबस्था गर्ने प्रतिवद्धता जनाईसकेको छ ।

वाणिज्य बैंकहरुमध्ये मेगा र सेञ्चुरी कमर्सियल बैंकको शेयर खरीद माग उच्च

असार १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार २६ ओटा सूचीकृत वाणिज्य बैंकहरुमध्ये मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंकको खरीद माग उच्च रहेको छ ।  यो दिन सर्वाधिक खरीद चाप भएका १० ओटा कम्पनीमध्ये मेगा र सेञ्चुरी कमर्सियल बैंक बाहेक बाँकी म्यचुअल फण्डहरु रहेका छन् । यस दिन सर्वाधिक खरीद चाप भएको १० ओटा कम्पनीहरुमध्ये पहिलो नम्बरमा लक्ष्मी उन्नती कोष, दोस्रोमा मेगा बैंक, तेस्रोमा सानिमा इक्वीटी फण्ड, चौथोमा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२, पाचौंमा सेञ्चुरी कमर्सियल बैंक, छैठौंमा सिटिजन्स म्युुचुअल फण्ड –१, सातौंमा ग्लोबल आइएमई सम्मुनत् स्किम—१, आठौंमा नबिल व्यालेन्स्ड फण्ड–२, नवौंमा एनएमबी ५० र दशौं नम्बरमा सनराइज फष्र्ट म्युचुअल फण्ड रहेको छ । यस दिन बजार बन्द हुनुभन्दा दुई मिनेटअघिसम्म सर्वाधिक खरीद चापको पहिलो नम्बरमा रहेको लक्ष्मी उन्नती कोषको १२ लाख ४९ हजार ६९० इकाई ७ ओटा अर्डरबाट खरीद माग रहेको थियो ।  मेगा बैंकको ९८ ओटा अर्डरबाट ६ लाख ५ हजार ८१७ कित्ता र सेञ्चुरी कमर्सियल बैंकको ३ लाख १२ हजार ३९३ कित्ताका लागि १४१ ओटा अर्डरबाट शेयर खरीदको माग भएको छ । सर्वाधिक खरीद चाप भएको दोस्रो नम्बरमा परेको मेगा बैंकको शेयरमूल्य यो दिन २ दशमलव ४९ प्रतिशत र सेञ्चुरी कमर्सियल बैंकको ३ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । मेगा बैंकको प्रतिकित्ता रू. ९ ले बढेर अन्तिम मूल्य रू. ३७० र सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. ९ ले बढेर अन्तिम मूल्य रू. २९५ कायम भएको छ । मेगा बैंकको बिहीवार रू. १८ करोड २४ लाख ५२ हजार बराबरको ४ लाख ९३ हजार ८८३ कित्ता र सेञ्चुरी कमर्सियल बैंकको रू. ११ करोड ५७ लाख २६ हजार बराबरको ३ लाख ९४ हजार ५५५ कित्ता शेयर कारोबार भएको छ । वाणिज्य बैंकहरुमध्ये यी दुई कम्पनीको शेयरमूल्य कम भएकाले पनि लगानीकर्ताहरु कम मूल्यको शेयर खरीदमा आकर्षित भएको देखिन्छ ।

साप्ताहिक शेयर समीक्षा : शेयर बजार यो हप्ता के–के भयाे ?

काठमाडाैं - नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ७९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १६ हजार ८ सय ८६ वटा कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको रकम परिचालित भएको छ । विभिन्न कम्पनीका ३९ लाख ४५ हजार ७ सय २० कित्ता शेयर किनबेच भएका छन । यस हप्ता नबिल बैंक, मेगा बैंक र राइरांग हाइड्रोपावर क्रमशः रकम...