के हामी न्यायका लागि पुष्पा जस्तै आत्मदाह गर्नुपर्ने हो ? : बिनु यादव

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्।

सम्बन्धित सामग्री

न्याय पाउने आशमा ‘बिनु यादव’

काठमाडौं । प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादव माईतिघर मण्डलामा अनशन बसेको १२ दिन पुगेको छ । लामो समयदेखि न्यायका लागि भौतारिएकी यादवले आफूमाथि भएको बलात्कारको घटना सामसुम पार्न प्रहरी प्रशासनदेखि न्यायलयसम्म लागिपरेको आरोप लगाएकी छन् । सर्वोच्च अदालतको गेट, बसन्तपुर हुँदै माईतीघरमा अनसन बस्न पुगेकी यादवले न्याय नपाएसम्म आन्दोलन नरोक्ने […]

बिनु यादवमाथि हिंसा : सरकार, न्यायका लागि के चाहिन्छ अनि कहाँ धाउनुपर्छ ?

कानुनको रक्षक मानिने प्रहरीले नै अपराधीसँग मिलेमतो गरी अन्याय गरेमा न्याय दिने निकाय भनेकै न्यायालय हो। तर न्यायालयका न्यायाधीश नै अपराधीसँग साँठगाँठ गरी अन्याय गर्छन् भने मुलुकमा न्याय मरेको मानिन्छ । कहीं न्याय नपाएपछि बिनु यादव नौ दिनदेखि माइतीघर मण्डलमा अनसनरत छिन् । उनीमाथि भएको अन्यायको सोधखोज गर्न राज्यले चासो दिइरहे...

सर्वोच्चको गेटमा रातो रंग फ्याक्ने युवती को हुन् ?

काठमाडौं, १३ मंसिर । सर्वोच्च अदालतको गेटमा मंगलबार बिहान १० बजे एक युवतीले रातो रंग फ्याकेकी छिन् । ट्याक्सी चढेर आएकी एक युवतीले बट्टामा ल्याएको रंग गेटमा ताकेर फ्याकेकी हुन् । सर्वोच्चको गेटमा रातो रंग फाल्ने युवती सिराहाकी बिनु यादव हुन् । उनी आफूमाथि श्रीमान प्रदीप कठायतले हिंसा गरेको भन्दै न्यायका लागि भौतारिरहेकी छिन् । […]

न्याय खाेज्दै सर्वाेच्च अदालत पुगेकी हिंसापीडित बिनु पक्राउ (तस्बिरसहित)

काठमाडाैँ- हिंसापीडित बिनु यादव सर्वाेच्च अदालतकाे गेटैबाट पक्राउ परेकी छन्। मंगलबार बिहान सेताे सारीमा आएकी यादवले सर्वाेच्च अदालत लेखिएकाे बाेर्डमा राताे रंग फ्याँकेकी थिइन्। त्यसपछि उनी पक्राउ परेकी हुन्। प्रहरीले निषेधित क्षेत्रमा गएकाे भन्दै उनलाई पक्राउ गरेकाे हाे। पक्राउ परेकी  बिनुकाे घर सिरहा हाे। उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन्। उनले […]