नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने चीनको आश्वासन

काठमाण्डाै - चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । हिजो चीनको राजधानी बेइजिङमा भएको परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो । बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् । यस्तै, चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिन...

सम्बन्धित सामग्री

भारत र नेपालको सम्बन्ध अतुलनीय छ : उपराष्ट्रपति

रुपन्देही –उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन्। उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिए । आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको […]

विश्व बैंकद्वारा नेपालको प्राथमिकताका विकास कार्यमा सघाउने प्रतिबद्धता

काठमाडौं, २५ साउन । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस (Faris Hadad–Zervos)र उनी नेतृत्वको समूहले वन तथा वातारणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग भेटवार्ता गरेको छ । वन तथा वातावरण मन्त्रालयमा हिजो (बुधबार) भएको भेटघाटका क्रममा उनीहरुबीच नेपालको विकास र खासगरी वन, तथा वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा द्विपक्षीय सहयोग र […]

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका उहाँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका …

नेपालको शिक्षा, स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छ : गृहमन्त्री खाण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन् । उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिए। श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा आज उनले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रुपमा नेपाल […]

नेपालको विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडीबीले गर्‍यो प्रतिबद्धता

चैत ६, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) का महानिर्देशकले नेपालको विकास एजेन्डा र महामारीपछिको पुनरुत्थानका निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दक्षिण एशियाका लागि बैंकका महानिर्देशक केनिची योकोयामाले नेपालको चारदिने भ्रमणका क्रममा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका सचिव तथा विकास परियोजना प्रमुखहरूसँगको भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । द्विपक्षीय भेटवार्ताका क्रममा उनले नेपाल सरकारको विकासका प्राथमिकतालाई एडीबीले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता दोहोर्‍याएको यहाँस्थित एडीबीको आवासीय कार्यालयले बताएको छ । महानिर्देशक योकोयामाले झण्डै छ वर्ष बैंकको देशीय निर्देशकका रुपमा नेपालमा काम गरिसकेका छन्।      ‘नेपालमा एडीबीको सञ्चालन, हाम्रो साझेदारी र प्रमुख रणनीतिक दिशाहरूबारे छलफल गर्न काठमाडौं आएको, वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट्न पाउँदा आफूलाई खुसी लागेको, एडीबी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न, नेपाली जनताको जीवनस्तरमा सुधार गर्न र जलवायु परिवर्तनको प्रभावसँग लचिलोपन निर्माण गर्न महामारीबाट हरित, लचिलो एवं समावेशी पुनरुत्थानमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको’ जानकारी महानिर्देशक योकोयामाले दिएको बैंकले आइतवार एक विज्ञप्तिमार्फत् बताएको छ ।      स्थानीय तहमा सेवा हस्तान्तरण गर्दै वैदेशिक प्रत्यक्ष लगानीलगायत निजी क्षेत्रको लगानीलाई थप प्रोत्साहन गर्न पूर्वाधार र मानव पूँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिंदै उनले त्यसबाट कृषि, उत्पादन र सेवाहरूमा उत्पादकत्व बढाउँदै उच्च आर्थिक वृद्धि हासिल मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणका क्रममा उनले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कोभिड–१९ महामारीको फैलावटलाई नियन्त्रण गर्न र जनस्वास्थ्य, उनीहरूको स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रमा पर्ने असरलाई व्यवस्थित गर्न सरकारले गरेको प्रयासको प्रशंसा गर्नुका साथै विकास कार्यक्रम र सुधारको समयानुकूल, प्रभावकारी र गुणस्तरीय कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरेका छन् । साथै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, खानेपानीमन्त्री उमाकान्त चौधरी, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, विभिन्न मन्त्रालयका सचिव र अन्य उच्च सरकारी अधिकारी, आयोजनाका कर्मचारी र विकास साझेदारहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । रासस

एमसीसी नेपालको विकासमा उपयोग गरौं : मिनेन्द्र रिजाल

काठमाडौ । नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अमेरिकाको एमसीसीमात्रै नभएर भारतको बिआरआइबाट पनि सहयोग लिएर नेपालको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आईतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद रिजालले व्याख्यात्मक टिप्पणीले अमेरिकाको एमसीसी संशोधन र परिमार्जन गर्न नसक्ने बताउनुभयो । उहाँले सत्ता साझेदार दलले आफ्नो व्यवहारमा एकरुपता ल्याउनु पर्नेमा जोड दिनुभयो […]

एमससीसीको पक्षमा महन्थ ठाकुर

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अमेरिकाले नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको भन्दै एमसीसी अनुदान पनि विद्युत् प्रसारण लाइन र सडक सञ्जालमा खर्च हुने भएकाले स्वीकार गर्नुपर्ने बताए।...

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउन

नेपालको विकासमा भारतको साथ र सहयोग रहने सञ्चारमन्त्रीको विश्वास

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास प्रयासमा भारत सरकारको निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको सहज कार्यान्वयनमा भारतबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभएको सञ्चार तथा सूचना […]