प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक

६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ । प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि

सम्बन्धित सामग्री

किरात प्रदेश माग गर्दै प्रदेशसभा अगाडि साकेला प्रदर्शन

प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले  साकेला नाच प्रदर्शन गरेका छन् ।प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।

प्रदेश नामकरणका लागि आज सर्वदलीय बैठक

विराटनगर : प्रदेश १ को नामकरणका लागि आज शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका बिचमा सर्वदलीय छलफल हुँदैछ। प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल बोलाइएकाे हो।प्रदेशसभा गठन भएको चार वर्ष ६ महिना बितिसक्दा पनि प्रदेश १ को नामकरण हुन सकेको छैन। नामकरणको प्रस्ताव अगाडि बढाउने जिम्मेवारी प्रदेशसभाको भएपनि सभामुखले पहिलो पटक नामका विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन। यस अघि उनले अनौपचारिक रुपमासमेत दलहरुसँग छलफल गरेका छन्। सर्वदलीय बैठक दिउँसो १ बजे

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम […]