नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पदभार सम्हालेकै दिन गृहमन्त्री ओमप्रकाश अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका छन्।
दोलखा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्काे हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम परिस्थिति सृजना भएको बताए । दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य मेरो […]
काठमाडौं– लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असुल गरेको ऊर्जा […]
काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन् । गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएपछी प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गरेका हुन् । भेटमा गृहमन्त्री अर्यालले आईजीपीमा बढुवा नियुक्ति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सदभाव, अमनचैन र नजिकिँदै गरेको […]
‘म त्यो कुरा मान्दिनँ। तर हो कि हो भनेर कराउँदैमा समस्या समाधान हुन्छ भन्ने लाग्छ भने कार्यसमिति भंग गरौँ र एउटा जेन–जीलाई नेतृत्व सुम्पौँ,’ राठौरले भने।