संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा दुवै पक्षले विनाशर्त तत्काल युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको पनि बताएका छन्।राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने धारणा राखे। ‘नागरिकको सुरक्षा गर्नु भनेको १० लाखभन्दा बढी मानिसलाई आश्रय, खाना, पानी, औषधी र इन्धन न