देव र आदिल पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनाल र आक्रामक ब्याटर आदिल अन्सारी पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबार तीन दिनपछि घरेलु मैदानमा हुने पपुवा न्युगिनीसँग दुई ओडिआई र पपुवा न्युगिनी, मलेसिया र नेपालबीच हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने घोषणा टोलीमा दुई युवा खेलाडी पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका […]

सम्बन्धित सामग्री

आदिल, महुबबलगायत सबैलाई सफाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका आदिल अन्सारीलगायत ५ जनाले नेपाल टि ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका छन् । योसँगै आदिललाई घरेलु क्रिकेट र राष्ट्रिय टोलीमा फर्कने बाटो खुलेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसँग सबै ५ जनालाई स्पट फिक्सिङको आरोपबाट […] The post आदिल, महुबबलगायत सबैलाई सफाई first appeared on हाम्रो खेलकुद.

के राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् आदिल अन्सारी ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारी झण्डै एक वर्षदेखि राष्ट्रिय क्रिकेट टोलीमा छैनन् । गत पुषमा सम्पन्न नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेल्नेक्रममा स्पट फिक्सिङको आरोपमा उनी माघ पहिलो साता प्रकाउ परेका थिए । आदिलले खेलको क्रममा स्पट फिक्सिङ गरेको भन्दै गत माघ ९ मा नेपाल प्रहरीको केन्द्रिय […] The post के राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् आदिल अन्सारी ? first appeared on Hamro Khelkud.

किशोर आदिल ‘प्रलोभन’ ले करिअर सुरुवात नहुँदै अन्त्य हुने जोखिममा

काठमाडाैँ – मोहम्मद आदिल आलामलाई नेपाली राष्ट्रिय टिममा देखिएको धेरै भएको छैन। १९ वर्षीय आदिलका लागि राष्ट्रिय टिमको ढोका खुलेको केवल ७ महिना मात्रै भएको छ। तर आफ्नो करिअरको सुरुवातमानै आदिल लामो यात्रा तय गर्ने आकलन गरिएको थियो। तर, किशोर आदिल ‘स्पट फिक्सिङ’मा पक्राउ परेसँगै करिअर राम्रो सुरुवात नहुँदै अन्त्य हुने जोखिम बढेको छ। यदि […]

राखी सावन्तले प्रेमी आदिल खानसँग गरिन् विवाह

एजेन्सी । भारतीय अभिनेत्री राखी सावन्तले प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी छन् । भारतमा ड्रामा क्वीन उपनामले चिनिने राखीले आफ्ना प्रेमी आदिलसँग विवाह गरेकी छन् । उनीहरूले अदालतमा विवाह गरेका हुन् । हाल उनीहरूको सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भइरहेका छन् । जसमा राखी हातमा विवाह प्रमाणपत्र लिएर आदिलसँग देखिएकी छन् । भारतीय सञ्चार […]

आदिल नेपाली टोलीबाट बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – विष्फोटक ब्याटिङ अलराउन्डर मोहम्मद आदिल आलम नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा आदिल टोलीमै छैनन् । नेपालले यसै साता युएईसँग तीन ओडिआई खेलको सिरिज घरेलु मैदान टियुमा खेलेको थियो । नेपालले तीन खेलको सिरिज २–१ ले […]

आदिल र सोमपालको सानदार बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको सानदार बलिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्ड दयनीय अवस्थामा पुर्याएको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २५ ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको छ । मार्क वाट् १७ रनमा अविजित छन् । तीव्र […]

डेब्यु खेलमै चम्किए आदिल

अल राउन्डर आदिल अन्सारीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलामा आफ्नो डेब्यु खेलमै अविस्मरणीय खेल प्रदर्शन गरेका छन् । अमेरिकाको टेक्सासमा नेपालले शृंखलाअन्तर्गत ८७औँ खेलमा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । आदिलले इनिङ्सको...

नाटकीय टाई बनाएपछि यस्तो भन्छन् आदिल

ह्युस्टन (हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकासँग नाटकीय टाई गर्न सफल भयो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । अन्तिम ६ बलमा जितको लागि ६ रन […]

हेलिकप्टर सट मेरो बेस्ट : डेब्यूट्यान्ट आदिल

१७ चैत, काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको टी–२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका मोहमद आदिल आलमले पहिलो खेलको प्रदर्शनबाट एकदमै खुसी लागेको बताएका छन् । आदिलले पीएनजीविरुद्ध ११ बलमा ३१ रन बनाएका थिए । त्यसक्रममा उनले एक चौका र तीन छक्का हाने । रोहित पौडेल आउट भएपछि १४.३ ओभरमा मैदान छिरेर दिपेन्द्र सिंह ऐरीलाई साथ दिएका […]

डेब्युमै चम्किए आदिल अन्सारी

१७ चैत, काठमाडौं । मोहम्मद आदिल अन्सारीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो डेब्यू खेलमै उत्कृष्ट ब्याटिङ गरेका छन् । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरेका उनले आक्रमक ब्याटिङ गर्दै ११ बलमै ३१ रन बनाए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा डेब्यु खेलमै आदिलले टिममा आफ्नो प्रवेशलाई सार्थक बनाए […]