हुलाकी राजमार्गमा समयमै काम नसक्ने १० ओटा निर्माण कम्पनीलाई विभागले सोध्यो स्पष्टीकरण

पुस १२, काठमाडौं। हुलाकी राजमार्ग निर्माणमा संगलग्न १० ओटा निर्माण कम्पनीलाई सडक विभागले स्पष्टीकरण सोधेको छ। विभागले तोकिएको समयमा काम नसकेको, बाह्य अवस्था सामान्य हुँदा पनि काम नगरेको र बारमबार पत्राचार गर्दासमेत सम्पर्कमा नआएकोले के कति कारणले निर्माणमा प्रगति हुन नसकेको हो भन्ने विषयमा स्पष्टीकरण दिन सात दिने सार्वजनिक सूचना जारी गरिएको छ। समयमै स्पष्टीकरण नदिएमा वा स्पष्टिकरण चित्त नबुझेमा कानून अनुसार अघि बढ्ने विभागले चेतावनी दिएको छ। स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा लामा/डाँफे/द कञ्चनजंगा जेभी, कान्छा राम/बाम्ती / देव एण्ड सायर जेभी, पीएस/गजुरमुखी/मोतिदान जेभी, याक्थुम्हाङ्ग/साप जेभी, भैरव/आश्रय जेभी,लामा/बाम्ती जेभी, अरनिको/लामा/बाम्ती जेभी, सपना/स्वच्छन्द जेभी र बाम्ती भण्डार निर्माण कम्पनीलाई १६ ओटा ठेक्कामा स्पष्टीकरण सोधिएको हो। सबैभन्दा धेरै ठेक्का लिनेमा लामा/बाम्ती  जेभी र बाम्ती भण्डार निर्माण कम्पनी रहेका छन्। बाम्ती भण्डारले तीन पाँच ठेक्का लिदा लामा/बाम्ती जेभीले पाँच ओटा ठेक्का लिएको पाइएको छ।

सम्बन्धित सामग्री

हुलाकी सडक : साढे २ वर्षमा सकिनुपर्ने निर्माण साढे ६ वर्षसम्म पनि अधुरै

कञ्चनपुर । जिल्लाको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम साढे दुई वर्षमा सकिनुपर्नेमा साढे ६ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट वेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण शुरु भएको थियो । निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण (प्याकेज)को काम अझै सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ,’ उनले भने, ‘बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको छ ।’ इन्जिनियर सुनारले कार्यालयबाट दोस्रो प्याकेजको ठेक्का बदर गर्ने चरणमा पुगिसकेको बताए । ‘उक्त प्याकेजको लागत रू ४१ करोड ४१ लाख छ, उनले भने, ‘त्यसमा ५० प्रतिशत मात्रै काम निर्माण कम्पनी बाबा हंस–सिद्धीसाई जेभीले गरेको छ ।’ उनले पाँचौंपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको बताए ।   ‘दोस्रो र तेस्रो प्याकेजको अवधि अब एक महीनामात्रै बाँकी छ,’ सुनारले भने, ‘लगातार ताकेता गर्दैछौं । समयमा निर्माण सम्पन्न नगरे बदरको प्रक्रियामा जाने चेतावनीसमेत दिइसकेका छौं ।’ हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । पहिलो प्याकेजअन्तर्गत डोकेबजारबाट बेलौरीसम्मको २० किलोमिटर सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभी कम्पनीले रू ३६ करोड ४७ लाखमा सम्झौता गरेको थियो । दोस्रो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ । त्यस्तै, हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमध्ये नौ किलोमिटर मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले जानकारी दिए । ‘निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो,’ उनले भने । रासस

हुलाकी सडक निर्माण सुस्त

टीकापुर । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम शुरू भएको २३ महीना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् । तीस महीनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्न दबाब दिन थालेका छन् । स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउँछिन् । ‘जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ,’ उनले भने, ‘यसले मानिसलाई समस्या भएको छ । दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।’ सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब सात महीनामात्र बाँकी छ । तीन नयाँ र दुई पुराना खण्ड गरी पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ । पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनक नरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउँछन् । ‘पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन,’ उनले भने, ‘नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।’ योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ । त्यस विषयमा आफूहरू पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताए । ‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ,’ उनी भन्छन्, ‘सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उहाँहरूले नै पाउनुपर्छ ।’ टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ । स्वच्छन्द जोशी जेभीले रु ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम शुरू गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । तर, निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशीले भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए । ‘समयमै काम सम्पन्न गर्न त सक्दैनौं,’ उनले भने, ‘काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप्न आवश्यक छ । हामी म्याद थपका लागि अनुरोध गर्छौं ।’ रासस

२३ महीनामा हुलाकी सडकको निर्माण कार्य ३५%, समयमै काम सक्न स्थानीयको दबाब

जेठ २२, कैलाली । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम शुरु भएको २३ महीना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् । ३० महीनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्नुपर्ने जनाउँदै दबाब दिन थालेका छन् । स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउँछन् ।  ‘जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ’, उनले भने, ‘यसले मानिसलाई समस्या भएको छ । दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।’ सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब ७ महीनामात्र बाँकी छ । तीनओटा नयाँ र दुईओटा पुराना खण्ड गरी ५ खण्डमा विभाजन गरेर काम भइरहेको छ ।  पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनकन रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउँछन् । ‘पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन’, उनले भने, ‘नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।’ योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ ।  त्यस विषयमा आफूहरु पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताए । ‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ’, उनी भन्छन्, ‘सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उहाँहरुले नै पाउनुपर्छ ।’  टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ ।  स्वच्छन्द जोशी जेभीले रू. ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम शुरु गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशी भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए । ‘समयमै काम सम्पन्न गर्न त सक्दैनौँ’, उनले भने, ‘काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप गर्नुपर्ने आवश्यक छ । हामीले म्याद थपका लागि अनुरोध गर्छौँ ।’ ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको योजनाको काम २३ महीना बितिसक्दा अर्थात् सम्झौता मितिको ७५ प्रतिशत समय सकिँदा पनि ३५ प्रतिशतमात्रै कामको प्रगति हुनु राम्रो नभएको सरोकारवाला बताउँछन् ।  सडक निर्माण भइरहेको क्षेत्रमा स्थानीय सरकारले समेत निगरानी र कडाइ गर्न आवश्यक रहेको स्थानीयवासीको माग छ । रासस

हुलाकीको सप्तरी–सर्लाही खण्डमा १७२ किमी कालोपत्र

जनकपुर । हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करीब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । सप्तरीको सदरमुकाम राजविराजदेखि सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किमी सडकमा कालोपत्र सकिएको बताएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करीब २३३ किलोमिटर सडकमध्ये हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको बताएको छ । जनकपुरधामस्थित कदम चोकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । यस्तै सप्तरी र सिरहाको सीमा छुट्ट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको छ । बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्र कालोपत्र सकिने प्रमुख महतोले बताए । सो सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिनेगरी काम तीव्र रूपमा भइरहेको बताएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेकदार कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिए । धनुषा र सिरहा खण्डमा निर्माणले गति लिए पनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम शुरू भएको छ । सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम शुरूमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो । करीब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिए । चालू आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद, कोभिड–१९ महामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको केही पछि धकेलिएको उनको भनाइ छ । यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहा– सर्लाही सडक खण्डमा निर्माणाधीन ९ ओटा पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामले बताएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब २१ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्र्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ । रासस

हुलाकी राजमार्गका पुल निर्माण अलपत्र, न कामदार भेटिन्छन्, न ठेकेदार

पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत निर्माणधीन पुलहरु अलपत्र अवस्था देखिन्छ । पछिल्लो तीन महिना यता ती पुलहरुमा थप निर्माण काम नभएको स्थानीयहरु बताउँछन् । निर्माण कम्पनी/ठेकेदारहरुले पुल निर्माणमा खटिएका कामदारहरुलाई जेठको सुरुमा नै फिर्ता लगिसेकोले निर्माण कार्य ठप्प रहेको छ । निर्माणाधिन पुलहरुको थपिएको म्याद असारमै सकिसेको छ, फेरी छ महिना थप्दा पुस महिनामा निर्माण सकिनु पर्ने हो । तर, अहिले निर्माण स्थलमा न कामदार भेटिन्छ न ठेकेदार । यसले फेरी पनि थपिएको म्यादमा निर्माण हुने अनिश्चित छ । निर्माण कम्पनीहरुले निर्माण काम सम्पन्न गराउनु भन्दा पनि फेरी म्याद थप गराउने कार्यमा बढी सक्रिय हुने गरेका हुन्छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण म्याद भित्र पुल निर्माण कार्य सम्पन्न नभएको स्थानीय रोशन साहले भन्नुभयो, वर्षभरीमा दुई/तीन महिना मात्र निर्माण कार्यमा कामदार खटिएको देखिन्छ । आवश्यक भन्दा पनि एकदमै थोरै संख्यामा कामदाहरु खटाइने गरेको कारण निर्माणमा ढिलाई भएको हो । हुलाकी सडक अन्तर्गत सप्तरी खण्डमा १९ वटा पुलहरु निर्माणधिन अवस्थामा रहेको हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आशुतोष कर्णले जानकारी दिनुभयो । ती सबै पुलहरुको म्याद सकिसकेको उहाँले तीन÷तीन पटक म्याद पनि थपिएको छ तर, निर्माण कार्य पूरा नभएको बताउनुभयो ।