निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई आज प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने