ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सञ्चालनमा आएको छ। मोनिका टापरिया र विपिन अटलले स्थापना गरेको आउटलेटमा २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध रहेको संस्थापकहरूले जनाएका छन्। नेपाल–इटाली चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय अग्रवालले असोज २५ गते आउटलेट उद्घाटन गरेका हुन्। संस्थापकहरूका अनुसार जेलाटो बनाउन इटालियन उपकरण प्रयोग गरिएको छ। उनीहरूले […]
काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने […]
जीओ अटोमोबाइल्स प्रालिले एमजी हेक्टर टोमाहक ईभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ सार्वजनिक गरेको छ। कम्पनीले पहिलो ५० ग्राहकका लागि नियमित मूल्यभन्दा चार लाख रुपैयाँ कम अर्थात् ५७ लाख ९९ हजार रुपैयाँको विशेष प्रारम्भिक मूल्य उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक वितरक कम्पनीले मूल्यमा पारदर्शिता कायम गर्न गाडीका […]
नेपाल निर्माण व्यवसायी महासंघले सरकारले विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेकोमा स्वागत गरेको छ। महासंघले लामो समयदेखि उठाउँदै आएको मूल्य समायोजनको विषय कार्यविधिमार्फत स्पष्ट गरिएको भन्दै यसले पूर्वाधार निर्माणलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासचिव शिवहरि घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले असोज २३ गते कार्यविधि स्वीकृत गरेको हो। महासंघले यस निर्णयलाई पूर्वाधार […]
गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए । ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । उनका […]