घट्दो राजस्व र बढ्दो आर्थिक भारको चिन्ता

हाम्रो नेतृत्व क्षणिक स्वार्थका लागि दिगो असर पर्ने परियोजनामा संलग्न हुन थालेको छ । फलस्वरूप हिजोको नेतृत्वको स्वार्थपूर्तिका लागि आजको पुस्ताले अहिलेसम्म उक्त बोझ उठाइरहनु परेको छ । आज पुनः क्षणिक स्वार्थपूर्तिका लागि गरिएको कार्यले भोलिका पिँढीले फेरि बोझ उठाउनुपर्ने हुन्छ । हाम्रो खर्च गर्ने पद्धति पनि सोहीअनुरूप बन्यो । आज प्रशासनिक खर्च सोचेभन्दा बढी हुन थालेको छ, जसले गर्दा बाह्य या आन्तरिक ऋण लिनुपर्ने अवस्था सृजना गरेको छ । अर्थतन्त्र मारमा हुँदा सरकारले ट्रेजरी बिल्स, बोन्डलगायत माध्यमबाट रकम जम्म गर्दै गर्दा समग्र अर्थ प्रणालीमै तरलताको कमी देखिन थालेको छ । यसले गर्दा बैंकको ब्याज उच्च हुनुको साथै अन्य दर पनि महँगो हुन थालेको छ । औसतमा ९ प्रतिशतमा आन्तरिक ऋण उठाइएको छ भोलि त्यसको भुक्तानीका लागि राजस्व नै चाहिन्छ । विप्रेषणले धानिएको अर्थतन्त्र दिगोे हुँदैन । यहाँको ठूलो रकम विदेशिइरहेको देखिन्छ– केही शिक्षाको नाममा अनि केही उपचारको नाममा । ठूलाठूला परियोजना निर्माण गर्दै राजस्वको रकम खर्च गरिरहँदा ठोस योजना र परिदृश्य नभएकै बुझ्न सकिन्छ । पोखरा विमानस्थलमा गरिएको खर्च कति वर्षमा उठ्छ भनेर विश्लेषण भएको पाइँदैन । प्राथमिकताअनुरूप खर्च गर्ने ठोस योजना सम्बद्ध निकायले निर्माण गर्न नसक्दा आज यो अवस्था आएको हो । यस वर्ष विभिन्न कारणले गर्दा राजस्वमा कमी देखियो । २०४८ सालदेखि कर्मचारी कटौतीको कार्यक्रम ल्याइएको छ तर राजस्वले धान्न नसक्ने अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि आयातमा नियन्त्रण भएको थियो, जसले भन्सारबाट उठ्ने राजस्व निकै न्यून स्थानमा पुर्‍यायो । कोभिडपश्चात् थालिएका व्यवसायहरूबाट पनि यस वर्ष राजस्व संकलन हुन सकेन । शेयरबजार निरन्तर ओरालो लाग्दा यस वर्ष पूँजीगत लाभकर सरकारले उठाउन सकेन । बैंकहरूको ब्याजदर उच्च रहँदा घरजग्गा किनबेचमा ठूलो कमी आयो । त्यहाँबाट उठ्ने राजस्वसमेत प्रभावित हुन पुग्यो । त्यसबाहेक विगत केही वर्षअगाडि स्थानीय तहको कर्मचारी ठूलो परिमाणमा भर्ना लिइएको थियो, जसले समग्र राज्यलाई ठूलो आर्थिक भार दिलाउन पुग्यो । राज्यले धान्न नसक्ने प्रादेशिक संरचना अर्को आर्थिक भारको केन्द्र हो । आर्थिक ज्ञान र अनुभव नभएको अर्थमन्त्रीले अर्थतन्त्र सम्हाल्दा परीक्षणको बिन्दुसरह हेरियो, जसले बिग्रिएको अर्थतन्त्रलाई झन् धराशयी बनाउने काम गर्‍यो । २०४८ सालमै देखिएको समस्या अहिले थपिएको छ । संघीय खर्चको भारले अर्थतन्त्र अझै कठिनाइको बाटोतर्फ उन्मुख भएको देखिन्छ । राजस्व र खर्चबीच ठूलो खाडल रहेको छ जसको एक मात्र विकल्प भनेको ऋण हो । सोही ऋणको ब्याज आगामी वर्षमा राज्यको दायित्व बन्दा फेरि भार सर्वसाधारणमाथि नै थपिने हो । यसै त करले पिल्सिएको नेपाली आगामी दिनमा झन् पिल्सिने स्पष्ट प्रक्षेपण गर्न सकिन्छ । अहिले देखिएको समस्या क्षणिक होइन । यो एउटा शुरुआत हो र लामो समयसम्म रहने निश्चित छ । नयाँ मन्त्रीले यो विभाग सम्हालिरहँदा आफ्नो कार्यकाल मात्र हेरेमा अर्थतन्त्र झन् धराशयी बन्दै जाने खतरा हुन्छ । राजस्वसँग प्रत्यक्ष सम्बन्ध रहने पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व बढाउने हुँदा पूँजीगत खर्च वृद्धिमा ध्यान दिनुपर्छ । त्यहाँभित्रको १३ प्रतिशत भ्याट आम्दानी एकातर्फ रहने हुन्छ र अर्कोतर्फ त्यहाँ खपत हुने डन्डी, सिमेन्टलगायत वस्तुबाट समेत कर आउँछ । त्यसपश्चात् अपेक्षित राजस्व संकलनका लागि व्यवस्थापकीय सुधारको समेत महत्त्वपूर्ण भूमिका रहन्छ । बक्यौता रकम उठाउन सके पनि तत्कालीन समाधान निस्कने थियो । तर, कानूनअनुसार नै उठाउनुपर्ने बक्यौता रकम हालसम्म नउठेको देखिन्छ । त्यसैगरी राजस्वमा विगतदेखि नै कमी हुनुको कारण चुहावट पनि हो । चुहावटले अनौपचारिक अर्थतन्त्रको ठूलो अंश लिने गरेको भेटिन्छ । त्यसैले अर्थतन्त्रको औपचारिक पक्षलाई बढावा दिन सके राजस्व बढ्छ । राजस्वको ठूलो अंश प्रादेशिक संरचनामा खर्च भइरहेको छ । प्रादेशिक संरचना हटाउन सके त्यहाँका मन्त्रीमण्डलदेखि सांसदहरूसम्मको भरणपोषणको दायित्व हट्ने थियो, जसले यो अन्तरको अवस्थासमेत न्यूनीकरण गर्ने थियो । स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सके राज्यले संकलन गर्ने ठूलो मात्राको रकम स्वदेशभित्र नै परिचालन भई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको राजस्व बढ्ने थियो । समस्या राजस्व कम उठ्नुमा मात्र होइन, फजुल खर्चमा पनि छ । अनावश्यक खर्चलाई नीतिगत र व्यावहारिक पाटोबाट हल गर्न सक्नुपर्छ । सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्दा राजनीति गर्नेलाई त उचाइमै लग्यो होला, तर मुलुकको अर्थतन्त्रमा भने समस्या थपेको छ । दिगोे सोचको अभाव हुँदा मुलुक सधैं आर्थिक चपेटामा पिल्सिनुपर्ने हुन्छ । हिजो गरिएको आयात नियन्त्रणले आयात कुन हदसम्म नियन्त्रण भयो, त्यो अर्को चर्चाको विषय हुन सक्छ, तर त्यसले प्रतीतपत्रको वैकल्पिक माध्यमचाहिँ खोलेकै हो । यसले थप राजस्व संकलनमा समस्या निम्त्यायो । हचुवाको भरमा गरिने निर्णयले आज समग्र अर्थतन्त्रमा प्रश्न चिह्न उठाएको छ । अहिले पनि मासिक लाखौं रुपैयाँ मन्त्रालयहरूमा पानीकै शीर्षकमा खर्च हुने गरेको भेटिन्छ । राजस्व संकलन मात्र उद्देश्य नभएर, संकलित रकमको सदुपयोगसम्ममा ध्यान जान आवश्यक छ । समस्या सबैलाई आउँछ, झन् अहिले यस परिवेशमा समग्र विश्व नै आर्थिक मन्दीमा रहेको छ । दुईओटा बैंक बन्द भएपछि पनि थप ब्याजदर वृद्धि गरिरहँदा फेडेरल रिजर्भ बैंकले विश्वव्यापी महँगीको त्रास बढाएको छ । यसबाट नेपाल अछुतो हुन सक्दैन । तर, विषय अहिले विश्वव्यापीभन्दा पनि नेपाल आफ्नै चक्र निर्माण गरेर त्यसमै फसिरहेको देखिन्छ जसबारे आर्थिक विज्ञ, सञ्चारमाध्यम, मन्त्रालय, राज्य प्रणाली, बैंक तथा वित्तीय संस्थादेखि सम्पूर्ण सरोकारवालाहरू सजग हुन आवश्यक छ । रेग्मी बैंकर हुन् ।

सम्बन्धित सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ । विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ […]

खुम्चियो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज। चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिक अवधिमा देशको मुख्य नाका वीरगञ्जमा रहेको भन्सारको राजस्व असुली खुम्चिएको छ । त्रैमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशत उठाएको वीरगञ्ज भन्सारले चौमासिक अवधिमा लक्ष्यको करीब ६४ प्रतिशमात्र राजस्व संकलन गरेको हो ।  गत आव २०७९/८० को समीक्षा अवधिमा यो भन्सारले ६७ दशमलव ३४ प्रतिशत राजस्व उठाएको थियो । यो भन्सारले चालू आवको साउनदेखि कात्तिकसम्मको ४ महीनाका लागि ७७ अर्ब २८ करोड रुपैयाँ उठाउने लक्ष्य पाएकोमा ४९ अर्ब १८ करोड रुपैयाँमात्र संकलन भएको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।  यो लक्ष्यको ६३ दशमलव ६४ प्रतिशत हो । भन्सार कार्यालयले चालू आवको ४ महीनामा भन्सार महशुल १८ अर्ब ४८ करोड रुपैयाँ र मूल्य अभिवृद्धिकर २० अर्ब ८५ करोड रुपैयाँ उठाएको छ । यो अवधिमा अन्त:शुल्क ३ अर्ब ८९ करोड रुपैयाँ उठेको भन्सारको तथ्यांक छ । सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाए पनि वैदेशिक व्यापारमा सुधार नदेखिएको भन्सार अधिकारी बताउँछन् । कर्जामा बैंकहरूले लिइरहेको उच्च ब्याजदर र अर्थतन्त्रबारे बढ्दो अन्योलका कारण बजारमा माग सृजना हुन नसक्दा समग्र उत्पादन र व्यापार प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् ।  वीरगञ्ज नाकाबाट मुख्यरूपमा इन्धन र औद्योगिक कच्चा पदार्थ आयात हुन्छ । औद्योगिक उत्पादन र व्यापार २५/३० प्रतिशतमा झरेको उद्यमीले बताएका छन् । बजार नै खुम्चिएपछि कच्चा पदार्थ र इन्धनको आयात पनि घटेको उनीहरूको भनाइ छ । विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले केही समय आयात नियन्त्रणको नीति लिएको थियो । सञ्चितिमा सुधार आएपछि नियन्त्रण हटाइए पनि व्यापारमा सुधार नदेखिएको भन्सारले बताएको छ । व्यापार घटेपछि त्यसको असर भन्सारको राजस्व असुलीमा परेको हो ।

वीरगञ्जको राजस्व ७५.९६ प्रतिशतमात्रै

वीरगञ्ज। आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८०/८१ को शुरुआतमै व्यापार र राजस्व दुवै घटेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले यस्तो देखाएको हो ।  चालू आवको पहिलो महीना साउनमा यो नाकाबाट कुल वैदेशिक व्यापारमा २० प्रतिशतले कमी आएको छ । अघिल्लो आव २०७९/८० को पहिलो महीनाको तुलनामा व्यापार खस्किएको हो ।  बितेको महीना वीरगञ्ज नाकाबाट कुल ५० अर्ब ७७ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यो आकार ६३ अर्ब ७१ करोड रुपैयाँ रहेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।  गत साउनमा आयातको तुलनामा निर्यात स्वात्तै घटेको देखिन्छ । आयात १८ प्रतिशतले घट्दा निर्यात ४४ प्रतिशतभन्दा धेरैले खस्किएको भन्सारको तथ्यांकले देखाएको छ ।  बितेको १ महीनामा ४८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ । निर्यात २ अर्ब रुपैयाँ बराबरको मात्र छ । अघिल्लो वर्ष साउनमा ५९ अर्ब रुपैयाँको आयात हुँदा ४ अर्ब रुपैयाँको निकासी  भएको थियो । नेपालबाट विगतमा प्रशोधित तेल निर्यात मुख्य रहेकोमा भारतले आयात नीति परिवर्तन गरेर सीमा शुल्क शून्यमा झारेपछि नेपालबाट निकासी करीबकरीब ठप्प छ । आयातमा यो नाकाबाट सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रहेकोमा त्यस्ता वस्तुको आयात पनि घटेको भन्सारको तथ्यांकले देखाउँछ ।  राजस्व लक्ष्य अधुरै आयात निर्यात घटेपछि भन्सारले उठाउने राजस्व पनि घटेको सूचना अधिकारी ढकालले बताए । बितेको साउनमा भन्सारले लक्ष्यको ७५ दशमलव ९६ प्रतिशतमात्र राजस्व उठाएको छ । साउनमा ११ अर्ब ८६ करोड राजस्व उठेको छ ।  यो रकम अघिल्लो आवको साउनको तुलनामा लक्ष्य र रकम दुवैले कम हो । त्यसबेला १२ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो । त्यो रकम लक्ष्यको तुलनामा ८५ प्रतिशत थियो । कोरोना महामारीयता घट्दो आय र मागका कारण व्यापारमा नकारात्मक प्रभाव परेको छ । विदेशी मुद्रा सञ्चिति सुधार्न सरकारले लिएको व्यापार नियन्त्रण नीतिले पनि प्रभावित भएको हो ।  सरकारले सबै खालका प्रतिबन्ध हटाउँदा पनि व्यापारमा सुधारको संकेत देखिएको छैन । आमउपभोक्ताको आम्दानी घट्नु र बढ्दो ब्याजदरका कारण बजारमा सुधार आउन सकेको छैन ।

राजस्व परिचालनको प्रभावकारिता

संघीय वित्तीय प्रणालीलाई सबलीकरण गर्न, सार्वजनिक खर्चको बढ्दो आवश्यकता पूरा गर्न र वैदेशिक सहायतामाथिको निर्भरता कम गर्न आन्तरिक स्रोत परिचालन महत्त्वपूर्ण हुन्छ, जसका लागि राजस्वको भूमिका सर्वोपरि हुने गर्छ । अतः सबल, भरपर्दो र दिगो राजस्व प्रणालीले समग्र वित्त संरचनालाई सुदृढ बनाउन मद्दत गर्छ । राजस्व देशको आर्थिक एवम् सामाजिक क्रियाकलाप सञ्चालन गर्ने प्रमुख स्रोत […]

३ प्रश्न

विकासमा भन्दा ऋण तिर्न बढी खर्च हुने अवस्थाबारे के भन्नुहुन्छ ? घट्दो राजस्व, घट्दो विकास खर्च र बढ्दो सार्वजनिक ऋण अहिलेको यथार्थ हो । यसले वर्तमान सरकार देशको आर्थिक स्थिति सुधार्न असमर्थ रहेको...

प्रतिस्पर्धी संस्थाको तुलनामा ‘सीआइटी’ मा आकर्षण बढ्दो छ : राजस्व सचिव घिमिरे

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरले प्रतिस्पर्धी संस्थाको तुलनामा नागरिक लगानी कोष ‘सीआइटी’प्रति आकर्षण बढेर गएको बताएका छन् । कोषको ३३औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै घिमिरले समयानुकूल आफूलाई परिमार्जित गर्दा कोषमा अन्यको तुलनामा आकर्षण बढ्दै गएको बताएका हुन् । कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कारोबारमा समेत सहजता आएको उनले बताए । ‘विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको छ,’ घिमिरेले भने । कोष सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ उद्यत रहेको बताए । देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन एवं रोजगारी सृजना गर्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा उनले जोड दिए । कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत र साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको उनको भनाइ छ । कोषले संकलन गरेको बचत रकमलाई आगामी दिनमा अझ बढी राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरिने र सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गरिने अध्यक्ष थापाले बताए । कोषका कार्यकारी निर्देशक रमण नेपालले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ रहेको र सोही अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताए । उनका अनुसार कोषले हालसम्म मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ, धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी ८ अर्ब रुपैयाँ रहेको कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ छ । कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमूखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउँदै जाने नेपालको भनाइ छ । कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताउँदै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्यास प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिएको छ भने सबै सहभागीलाई सापटी तथा अन्तिम भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइएको छ ।’ कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको उनले बताए । कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थालाई आबद्ध गर्न र ती संस्थाको दीर्घकालिन दायित्वलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिएको नेपालले जानकारी गराए । कार्यक्रममा २० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

आर्थिक विकासमा नयाँ नेतृत्वको रवैया

नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावट लगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढंगले  कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने विषयलाई सरकारको नीति तथा कार्यक्रमले उच्च प्राथामिकता दिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष केपी

पाँच वर्षमा एनसेलले कति राजस्व तिर्‍यो ?

देशलाई धेरै आयकर तिर्नेमा एनसेल तेस्रो स्थानमा परेको छ। एनसेलले गत आर्थिक वर्षमा आयकर शीर्षकअन्तर्गत ७.५९ अर्ब राजस्व तिरेको छ। सामाजिक सञ्जाल (ओटिटी)को बढ्दो प्रयोगले टेलिकमको आयमा भएको गिरावटसँगै उनीहरुले योगदान गर्ने राजस्व पनि घटेको छ। एनसेलले सार्वजनिक गरेको नेशनल् कन्ट्रिव्युसन रिपोर्टअनुसार, उसले गत आवभन्दा अघिका पाँच आर्थिक वर्षमा कर तथा शुल्कहरुवापत सरकारलाई एक खर्ब ४४ अर्ब रुपैयाँ तिरेको छ।

कुशासनको उपहार : बढ्दो आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार

भर्खरै सार्वजनिक महालेखा परीक्षकको प्रवितेदनले बेरुजु, आर्थिक अनियिमतता र भ्रष्टाचारको जालो संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय सरकारसम्मै नराम्ररी झांगिएको देखाएको छ । वर्षेनि बेरुजु अंक बढ्दो छ । उसले बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ र राजस्व बक्यौता २ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ देखाएको छ । अझ सरकारी पेस्की रकम, विदेश…

कुशासनको उपहार : बढ्दो आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार

भर्खरै सार्वजनिक महालेखा परीक्षकको प्रवितेदनले बेरुजु, आर्थिक अनियिमतता र भ्रष्टाचारको जालो संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय सरकारसम्मै नराम्ररी झांगिएको देखाएको छ । वर्षेनि बेरुजु अंक बढ्दो छ । उसले बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ र राजस्व बक्यौता २ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ देखाएको छ । अझ सरकारी पेस्की रकम, विदेश…