भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले  कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भा

सम्बन्धित सामग्री

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व टेष्ट क्रिकेट विजेता

काठमाडौं। न्युजिल्याण्ड पहिलो आईसीसी टेष्ट क्रिकेटको विश्व विजेता बनेको छ। फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो विश्व विजेता बनेको हो। ईङल्याण्डको साउथ्याम्पटममा भएको खेलमा न्युजिल्याण्डले उक्त उपाधि हात पारेको हो।

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

काठमाडौं । न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियन बनको छ । फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो । बुधबार दोस्रो इनिङ्समा भारत १७० रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको थियो  । साउथह्याम्पटनमा सामान्य लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍याे...