कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।कांग्रेस निर्वाचन समितिले बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीका शीर्ष नेतासँग बुधबारको छलफलपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले तीन पटक महाधिवेशन सारेको थियो। कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण कांग्रेसले समयमै महाधिवेशन गर्न सकेको छैन। सिन्धुपाल्चाेक, बाँके, कैलाली, डाेल्पा सु

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, (नेस) । महाधिवेशनको संघारमा रहेको सत्ताधारी दल नेपाली कांग्रेसले प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसको भोलि बिहीबारदेखि प्रदेश अधिवेशन हँुदै छ भने मंसिर २४ देखि केन्द्रीय महाधिवेशन हँुदै छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रदेश अधिवेशनका लागि बिहीबार बिहान मतदाताको नामावली प्रकाशित गरिनेछ भने […]

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छर केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो। तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार न

कांग्रेसको १४ औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक बसी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।नयाँ कार्यतालिका अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । यसअघि बुधबार बसेको निर्वाचन समितिको […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार गाउँ(नगर वडा अधिवेशन […] The post कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक, महाधिवेशन १६ भदौदेखि १९ सम्म

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही १२ साउनमा, गाउँ/नगरपालिका अधिवेशन १६ साउनमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो। त्यस्तै, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १ र २ भदौमा निर्धारण गरिएको छ।

महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गर्दै देउवालाई ज्ञापन पत्र

काठमाण्डाै – नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षहरूले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरूले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । पार्टीका नीति प्रशिक्षण तथा ग...

कर्मकाण्डी नहोस् कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि नेपाली कांग्रेसको महाधिवेशनबारे चर्चा पुनः सुरु भएको छ । तथापि, महाधिवेशन निर्धारित मितिमै हुनेमा अझै आशंका छ । यद्यपि, संवैधानिक बाध्यताका कारणै सही,...

अधिवेशनको तयारीमा जुट्यो बैतडी कांग्रेस

बैतडी  : नेपाली कांग्रेसकाे महाधिवेशनकाे मिति नजिकिँदा जिल्लास्तरमा पनि नेता कार्यकताहरु तयारीमा जुटेका छन्। १४ औं महाधिवेशनको र वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक भएसँगै  जिल्लामा पनि अधिवेशनको तयारी थालिएको हो।  केन्द्रीय कार्यसमितिले कार्यतालिका सार्वजनिक गरेसँगै जिल्लामा पनि अधिवेशनको तयारी थालिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए। 'वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालि