संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले भूमिका खेल्न सकेनन्ः वामदेव गौतम

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताएका छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसद्‌मा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रियस भा सदस्यले भूमिका खेल्न नसकेको बताएका हुन्। उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनका अध्यक्षको हुने बताए। […]

सम्बन्धित सामग्री

वामदेव गौतम किन गए बर्दिया ?

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज बर्दिया गएका छन् । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको छ ।राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको छ । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लग्न सहमत भइसकेका छन् । यस्तो अवस्थामा गौतम बर्दियामा देखा परेपछि धेरैले चुनाव

गौतमको जोखिमपूर्ण यात्रा

केही समययता राष्ट्रिय राजनीतिबाट करिब–करिब बाहिर रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट संघीय निर्वाचनमा भाग लिने भएपछि चर्चामा आएका छन्।...

उपसभामुख उपाध्यक्ष नछानिँदा लाजमर्दो भयो : वामदेव गौतम

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा एवं राष्ट्रियसभामा तत्काल उपसभापति र उपाध्यक्ष चयन गर्न माग गरेका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा गौतमले दुवै सदनमा रिक्त रहेको पदपूर्ति गर्न माग गरे। गौतमले अध्यक्ष र उपाध्यक्षमध्ये एक पद महिला हुने भएकै कारणले नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे। प्रतिनिधिसभामा ३० महिनादेखि उपसभामुख खाली छ भने राष्ट्रियसभामा चार महिनादेखि […]

वामदेव गौतम आफ्नै पार्टी दर्ता गर्दै

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफ्नै पार्टी दर्ता गर्ने हुनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि नेकपा एकता अभियान सञ्चालन गरिरहनुभएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने हुनुभएको हो । गौतमले आजै पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले …

वामदेव गौतमले बोलाए वाम एकता अभियानको राष्ट्रिय भेला

राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ ।

रुसले तुरुन्त युद्ध बन्द गरेर सैनिक फर्काउनुपर्छ : वामदेव गौतम

१५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी उनले रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको बताएका छन् । ‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण […]

वामदेव गौतम नयाँ पार्टी खोल्ने तयारीमा

काठमाडौं, १८ माघ । राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनीनिकट स्रोतले नयाँ दल दर्ताको सम्पूर्ण तयारी भैसकेको जनाएको छ । पछिल्लो समय नेता गौतम निश्क्रियजस्तै थिए । तर, उनी भित्रभित्रै नयाँ दल दर्ताको लागि जुटेको रहस्य खुलेको छ । एमालेको उपाध्यक्षबाट राजीनामा दिएका गौतम तत्कालिन नेकपा […]

वामदेव गौतम बालुवाटारमा

नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेकपा एमाले संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकअघि गौतम वालुवाटार पुगेका हुन् । राष्ट्रियसभा सदस्य समेत रहेका गौतम शनिवार बालुवाटार पुगेका हुन् । पार्टी बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले लोकान्तरलाई जानकारी दिइन् । यसअघि गत ५ गतेको संसदीय दलको बैठकमा भने उनी उपस्थित भएका थिएनन् । गौतम उपस्थित नभए पनि पत्नी तुल्सा थापा बिहीवारको बैठकका सहभागी भएकी थिइन् । एमाले स...

वामदेव गौतम राष्ट्रियसभा बैठकमा पहिलो पटक उपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्