नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याममा नौ नाउर र चार वटा झारलको सिकार भएको छ । लाखौ रुपियाँ राजस्व तिरेर विदेशी व्यवसायिक शिकारी ढोरपाटन पुगेर निर्धारित कोटा अनुसारको नाउरको शिकार गरेका हुन । शिकारीले एक वटा झारलको शिकार गर्न चुके । दोस्रो सिजनलाई पाँच वटा झारलको कोटा निर्धारण गरिएको थियो ।
दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ । यो बर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।
पहिलो शिकार याम असोज–कात्तिक नौ नाउर र पाँच झारलको शिकार अनुमति दिईएको भएपनि कोभिड–१९ महामारीका कारण शिकार हुन सकेको थिएन् । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा दोस्रो याममा भने लक्ष्य अनुरुप नै शिकार भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले बताउनुभयो ।