नेपालका हरेक ऐतिहासिक, राजनीतिक आन्दोलनमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहे पनि राजनीतिक दलहरूमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने प्रणालीको विकास अझै हुन सकेको छैन। पार्टी सञ्चालनका संरचनामा युवा सहभागिता सुनिश्चित गर्ने खालको प्रणाली विकास नहुँदा राजनीतिक दलका नेतृत्वमा पुरानो पुस्ता हावी भएको देखिन्छ भने युवा पुस्तामा नेतृत्व हस्तान्तरणको प्रवृत्ति ढिलो गतिमा हिँडेको देखिन्छ।