काठमाडौं। सन् २०२१ मा चीनको भन्दा बढी भारतको आर्थिक वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशतले हुने र भारतको आर्थिक वृद्धि ९.५ प्रतिशत हुने कोषले प्रक्षेपण गरेको हो। कोषकाअनुसार अर्को वर्ष भारतको आर्थिक वृद्धि चीनको भन्दा १.४ प्रतिशतले बढी हुने भएको हो।