खाँदबारी कारागारमा भाइरल ज्वरोको प्रकोप, ८० जना कैदीबन्दी बिरामी

संखुवासभा : संखुवासभाको जिल्ला कारागारका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ। भाइरल ज्वरोको प्रकोपले कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन्।केही दिनयता कैदीबन्दीहरूमा भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए। कारागारमा १ नाबालिका सहित एक सय ५४ जना कैदीबन्दी रहेका छन्।‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहेपनि ६ गुणा बढी कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या रह

सम्बन्धित सामग्री

खप्तड छेडेदह गाउँपालिका-२ मा भाइरल ज्वरो : २ जनाको मृत्यु, दर्जनौँ परिवार बिरामी

कैलाली । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । अहिले सम्म दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ परिवार बिरामी परेका छन् । भाइरल ज्वरोबाट खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको छ । केही दिनको अन्तरालमा उनीहरूको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष […]

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा […]

बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलियो

बैतडी– बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए ।  जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको […]

वीरगन्ज कारगारमा फैलियो भाइरल ज्वरो

कृष्णउदास खनाल , वीरगन्ज । वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । एक सातायता भाइरल ज्वरोको प्रकोप देखिएको कारागारका स्वास्थ्य प्रमुख दीपक यादवले बताउनुभयो । कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको पनि उहाँले बताउनुभयो । आइतबारसम्ममा २ सय ६० कैदीबन्दीमा ज्वरो देखिइसकेको उहाँले जानकारी दिनुभयो । ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको र अधिकांश बिरामी […]

भाइरलको प्रकोपबाट एक महिनामा १२ को मृत्यु

जिल्लाभर भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । भाइरल ज्वरोका कारण एक महिनाको अबधिमा १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । छायाँनाथ नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका केही बस्तीमा कडा भाइरल ज्वरो फैलिएको छ । घरघरै बिरामी थला परेका छन् ।

विप्लव महर्जन

भाइरल ज्वरो फैलिएको वनगाड कुपिन्डे नगरपालिकामा एकै घरका तीन/चार जनासम्म बिरामी परेका छन् । वनगाड क्षेत्रमा मात्र नभई जिल्लाभरि भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए । उनले सरुवा रोग भएकाले यसबाट बच्न पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरे ।

फैलियो भाइरल ज्वरो, सिटामोल अभाव समस्या

भाइरल ज्वरो फैलिएको वनगाड कुपिन्डे नगरपालिकामा एकै घरका तीन/चार जनासम्म बिरामी परेका छन् । वनगाड क्षेत्रमा मात्र नभई जिल्लाभरि भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए । उनले सरुवा रोग भएकाले यसबाट बच्न पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरे ।