प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि एपीएफ क्लबले जितेको छ ।
बुधवार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।
एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको प्रहरी भने ७ विकेटको क्षतिमा १३६ रनमै समेटियो ।
उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।